डोटीको के आइ सिहं गाउँपालिकाले पत्नी गुमाएका पुरुषलाई भत्ता दिदै

१८ भाद्र २०७९, शनिबार १०:४२

काठमाडौं । डोटीको के आइ सिहं गाउँपालिकाले ६० बर्ष भन्दा माथिका पत्नी गुमाएका पुरुषलेलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

गाँउपालिकाले एक सुचना निष्काशन गर्दै ६० भन्दा माथिका सबै पत्नी गुमाएका पुरुषलाई जिवन निर्वाह भत्ता प्रति महिना ५ सयका दरले पाउने भएका छन् । सो गाउँपालिकामा रहेका ७ वटै वडाका सबै ६० बर्ष भन्दा माथिका सामाजिक सुरक्षा भत्ता नपाउने पुरुषहरुलाई जिवन निर्वाह भत्ता वापतको सेवा लिनको लागि आफ्नो विवरण बुुझाईको लागि आह्वान गरेको छ ।

गाउँपालिका प्रसाशकीय अधिकृत धर्मराज उपाध्यायले उक्त सुचना मार्फत ६० बर्ष भन्दा माथिका सबै पत्नी गुमाएका सामाजिक सुरक्षा भत्ता नपाउने पुरुषmलाई जिवन निर्वाह भत्ता उपलब्ध गराइने जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*