गम्भिर दुर्घटनामा परेका मोटरसाइकल चालकको बीमाकर्मीद्धारा उद्धार, जयसवालले पाए जीवनदान

१७ भाद्र २०७९, शुक्रबार २३:०६

काठमाडौं । मकवानपुरमा केही दिन पहिलो गम्भिर सडक दुर्घटनामा परेका एक जना मोटरसाइकल चालकलाई बीमाकर्मी यम प्रसाद चौलागाईले उद्धार गरेर हेटौडास्थित चुरेहिल अस्पताल पुर्याउन सफल हुँदा बाराका राम कुमार जयसवालले जीवनदान पाएका छन् ।

हाल हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यरत यम प्रसाद चौलागाई बाराबाट हेटौडा फर्कने क्रममा रहेका थिए । सोही क्रममा मकवानपुर जिल्लाको चुरेस्थित ३ नं पुल नजिकै एक जना सडकमा छटपटाइरहेको अवस्थामा देखेपछि तत्कालै उद्धार गरी हेटौडास्थित चुरेहिलको ट्रमा सेन्टरमा पुर्याएका थिए ।

प्रदेश–२ ०३, १२ प ३१६७ नम्वरको मोटरसाइकलमा सवार राम कुमार जयसवाललाई ना६च २८६५ नम्वरको ट्रकले ठक्कर दिई दुर्घटनामा परेका थिए । लडेपछि उक्त ट्रकले ब्याक गरेर किच्न खोजेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उद्धारकर्ता यम प्रसाद चौलागाई

अघिल्लो शुक्रबार भएको सो घटनामा जयसवालको दाहिने हात ना६ख २८६५ नम्वरको ट्रकले ठक्कर दिर्ई छिनालेको, खुट्टा दुई ठाउँमा भाँच्चिएको, छ वटा करङ भाच्चिएकको अवस्थामा थियो । उनलाई तत्कालै उद्धार गरी केही मिनेटभित्रैमा अस्पताल पुर्याउन नसकिएको भए अत्याधिक रक्तश्राव लगायतका कारणबाट उनको अवस्था झनै जटिल बन्ने थियो ।

बीमाकर्मी चौलागाईले ढिलाई नगरी तत्कालै उद्धार गरी चुरेहिल अस्पतालमा पुर्याएका थिए भने त्यहाँ दुई उपचार गराएर हेलिकोप्टरबाट काठमाडौंको मेटसिटी अस्पताल पुर्याएर उनी अब खतरामुक्त रहेको जनाइएको छ ।

दुर्घटनामा परेका राम कुमार जयसवाल सवार मोटरसाइलको ब्लुबुक

उद्धार कार्यमा संलग्न चौलागाईले डरलाग्दो दुर्घटनामा परेका व्यक्तिलाई उद्धार गरी बचाउने कार्य मानवीय भावनाले गरेको प्रतिक्रिया दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*