भारतीय धम्कीपछि राष्ट्रपति भण्डारीको राजिनामा रोकियो, राष्ट्रघाती विधेयक स्वीकृत गर्ने कि राजिनामा ? अन्योलमा

१७ भाद्र २०७९, शुक्रबार १९:२४

काठमाडौं । विगत एक सातादेखि राजिनामा दिन तयार रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय धम्कीपछि राजिनामा नदिएको उच्च स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीमार्फत राष्ट्रघाती नागरिकता विधेयक पास गराउन उद्यत रहेको भारतले उक्त विधेयक स्वीकृत नगरी राजिनामा नदिन धम्की दिएको जनाइएको छ ।

गत साता दुई पटक राजिनामा दिने तयारी गर्नु भएका राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तिम अवस्थामा राजिनामा नदिई बस्नु भएको छ । राष्ट्रघाती नागरिकता विधेयक आफ्नो हातबाट स्वीकृत नगर्ने बरु राजिनामा दिएर जनताको माँझमा जाने योजनामा रहेका भण्डारीलाई वर्षौदेखिको भारतीय योजना असफल हुने भएपछि रोकिएको हो ।

विश्वस्त सूत्रका अनुसार राष्ट्रघाती नागरिकता विधेयकमा माओवादीको तर्फबाट उपराष्ट्रपति बनेका नन्द बहादुर पुन (पासाङ) ले हस्ताक्षर नगर्ने तथ्य भारतले बुझेपछि संदेहात्मक दुर्घटनामा श्रीमान गुमाएर राजनीतिमा आउनु भएकी राष्ट्रपति भण्डारीमार्फत राष्ट्रघाती नागरिकता विधेयक स्वीकृत गराउन लागेको हो ।

आज राष्ट्रियसभाबाट नागरिकता विधेयक पास भइसकेकोले अब उक्त विधेयक राष्ट्रपति समक्ष स्वीकृतिका लागि पुग्नेछ । राष्ट्रपति भण्डारीमाथि राजिनामा दिएर राष्ट्रघातको साक्षी नबस्न चर्को दवाव परिरहेको छ ।

राष्ट्रपति भण्डारीले यतिबेला राजिनामा दिएको खण्डमा गठबन्धन सरकारलाई अप्ठेरो पर्नेछ । उपराष्ट्रपति पासाङले समेत नागरिकता विधेयक पास नगर्ने हुँदा माओवादी गठबन्धन छोड्न बाध्य हुने भएकोले विद्या भण्डारीको राजिनामा इतिहासको आश्वकता बन्न पुगेको चर्चा डिप्लोमेसीमा चलिरहेको छ ।

आजै राष्ट्रियसभाबाट नागरिकता विधेयक पास भइसकेकोले राष्ट्रपति भण्डारी निर्णायक मोडमा उभिन पुगेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*