पुर्वाञ्चल क्यानसर अस्पतालमा पेट सिटी स्क्यान सेवा सुचारु, ४५ हजारमै क्यान्सर पत्ता लगाउने सुविधा

१६ भाद्र २०७९, बिहीबार १८:३१

बिर्तामोड । पूर्वको झापास्थित पुर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका बाहिर क्यान्सर रोगको वास्तविक अवस्था पत्ता लगााउने पहिलोपटक सो सेवा पुर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो ।

५१ वर्षीया मुखको क्यानसरबाट पीडित विरामीको पेट सिटी स्क्यान परिक्षण गरी सो सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले जानकारी दिए । पहिलो दिन ९ जना विरामीले सो सेवा लिएका छन् । अस्पतालले आगामी दिनमा दैनिक १० देखी १५ जना विरामीलाई यो सेवा दिने गरि तयारी गरेको उनले जानकारी दिए ।

अस्पतालले एक जना विरामीको एक पटकको पेट सिटी स्क्यान गर्न ६० हजार रुपैया तोकेको छ । तर सुरुका दुइ महिनालाई भने १५ हजार छुुट गरी ४५ हजारमा सेवा सुरु गरिएको मेडिकल डाइरेक्टर डा. यादवले बीमापोष्टलााई बताए ।

क्यान्सरको फैलावट र अवस्था पत्ता लगाउन पेट सिटी स्क्यान अनिवार्य रहेको अस्पतालका न्युक्लीयर मेडिसिन विभागका प्रमुख डा. रितेश उपाध्ययले बताए । ‘‘मानिसको शरिरमा फैलिएको क्यानसर कुन अवस्थामा छ, कहाँँ कहाँ फैलिएको छ, औषधी उपचारले कति असर गरेको छ भन्ने कुरा थाहा पाउन पेट सिटी स्क्यान अनिवार्य चाहिन्छ ।’ उनले भने ‘यो प्रविधी विना क्यानसर उपचार प्रविधी अपुरो रहन्छ ।

पुर्वाञ्चलले दुई वर्षअघि पेट स्क्यान मेसिन जडान गरेतापनि त्यसमा प्रयोग हुने आइसोटप सम्बन्धी कानुनी व्यवस्था नहुदा सेवा सञ्चालनमा ढिला भएको डा. यादवले बताए । ‘पुर्वञ्चलले पेटी सिटी मेसीन दुई वर्ष अघिनै ल्याएर सेवा सुरु गर्ने तयारी गरेको थियो ।’ डा यादवले भने ‘रेडियोधर्मी विकिरणा सम्बन्धी कानुन नहुँदा त्यसमा प्रयोग हुने आइसोटप ल्याउन समस्या भएर ढिलो भयो ।’ सरकारले रेडियोधर्मी सम्बन्धी कानुन बनाएसँगै अस्पतालको अनुगमन गरी लाइसेन्स दिएपछि सेवा सुरु गरेको उनले जानकारी दिए ।

पेट सिटी स्क्यानको लागि प्रयोग हुने आइसोटप भारतको कलकत्ताबाट हवाइजहाज मार्फत बागडुगरा हुँदै एक घण्टामा अस्पताल आइपुग्ने हुदा गुणस्तर झनै राम्रो हुने डा. यादवले जानकारी दिए । ‘हामीलाई भारतको बागडुगुरामा भएको एयरपोटको कारणले गर्दा आइसोटप छोटो समयमा ल्याउन सहज छ ।’ उनले भने ‘आइसोटप बनाइएको जति छोटो समयमा प्रयोग गर्न सक्यो त्यति नै किफायती र प्रभावकारी हुन्छ ।’

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले अव क्यान्सरका विरामीले पेट सिटी स्क्यान गर्न भारत जानु नपर्ने बताए । ‘भारतका अस्पतालले लिने शुल्कमा नै हामी दैनिक यही यो सेवा उपलब्ध गराउछौ ।’ उनले भने ‘अव पेट सिटी गर्नकै लागि भारत जानुपर्ने बाध्यता हटेको छ ।’
पुर्वाञ्चल क्यान्सर अस्पताल पेट स्क्यान सुरु गर्ने पहिलो क्यानसर अस्पताल भएको छ । हाल नेपालको राजधानी काठमाडौमा कुण्डलीनी र सौर्य डायग्नोसिस सेन्टरमा पेट सिटी स्क्यान सेवा हप्तामा एक दिन दिदै आएका छन् ।

नेपालमा पेटसिटी सेवा नियमित नहुदा महिनामा करिब पाँच सय जना विरामी भारत लगायत विदेश जाने गरेको चिकित्सकहरुले बताउदै आएका छन् । भातमा यो सेवा प्रति विरामी भारु ४० हजार सम्म लिने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*