भदौ २३ गतेदेखि आठौं फर्निचर तथा फर्निसिङ्ग एक्स्पो हुँदै, एक लाख अवलोकनकर्ता सहभागी हुने प्रक्षेपण

१६ भाद्र २०७९, बिहीबार १६:३३

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले यहि भदौ २३ गतेदेखि भदौ २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फर्नेक्स नेपाल’ मेला संचालन गर्ने भएको छ ।

संघले २०१२ देखि भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ्ग सामाग्रीहरुको बृहत मेला गर्दै आइरहेको छ । विगतका मेलाको अपार सफलता पछि संघले फर्निचर तथा फर्निसिङ्ग वस्तुहरुको प्रवद्धन गर्न भदौ २३ गतेदेखि आठौं संस्करणको ५ दिने मेला संचालन गर्न लागेको हो । यस एक्स्पोका शिर्ष प्रयोजक प्रेष्टिज कार्पेट र मुख्य प्रायोजकमा हलेसी डेकोर, भिवोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेस प्राइभेट लिमिटेड रहेका छन् ।

बदलिदो आधुनिक जीवन शैली सँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने संघले विश्वास राखेको छ । उक्त मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगेट्न सफल नेपाली फर्निचर तथा उद्योग आाफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाईमा छ । यस प्रकारको फर्निचर मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने संघले जनाएको छ ।

प्रदर्शनीमा फर्निचर फर्निसिङ्गका नवितम सामाग्रीका प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालार्ई जानकारी गराउने यसका अलावा फर्निचर फर्निसिङ्ग व्यवसायमा आधुनिक प्रविधि भित्र्याउदै फर्निचर जन्य उत्पादनमा मुलकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरेको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर तथा फर्निसिङ्गका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई उक्त एक्स्पो उचित गन्तव्य हुनेमा विस्वस्त रहेको संघले जनाएको छ ।

भदौ २३ देखि हुने एक्स्पो मेलामा अवलोकनकर्ताको लागि प्रवेश निःशुल्क गरिएको छ । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनुपर्नेछ । साथै प्रत्येक दिन डोर प्राइजका साथै दशै विशेष छ्ुटको समेत व्यवस्था गरिएको छ ।

५ दिनसम्म चल्ने एक्स्पोमा स्वेदशी तथा विदेशी गरी १०० भन्दा ब९ फर्निचर र फर्निसिङ्ग सामाग्रीका स्टल रहनेछन् । उक्त अवधिमा एक लाख अवलोकनकर्ता सहभागी हुने संघले अपेक्षा लिएको छ । अघिल्लो पटकको एक्स्पोमा ७५ हजार भन्दा बढी उपभोक्ताले अवलोकन गरेका थिए ।

यस एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रा.लि.ले गर्नेछ । नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघले एक्स्पोलाई समर्थन गरेका छन् । ि

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*