लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड २२ औं वर्षमा प्रवेश, बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता

१६ भाद्र २०७९, बिहीबार १२:४०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्थापनाको २१ औ वर्ष पुरा गरी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बीमा कम्पनी हो ।

२२ औं बार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद दासले बीमितलाई अधिकतम् लाभ हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । बार्षिकोत्सवको अवसरमा देशकै अग्रणी, सबैभन्दा व्यवस्थित र अन्तर्राष्ट्रिय अभ्यासद्धारा खारिएको कम्पनीको रुपमा बीमा सेवा प्रवाह गर्दै आइरहेको एलआईसीले आज विविध कार्यक्रम गरी बार्षिकोत्सव मनाउँदैछ । नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीचबीमा बारे सचेतना बढाई बीमासेवाको दायराबृद्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ।

२१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमूख अतिथिको रुपमा नेपाल इन्स्योरेन्स इन्स्टीच्यूट नेपालका अध्यक्ष भोजराज शर्मालाई निम्ता गरी दोसल्लाओढाएर सम्मान गरेको थियो । त्यसै गरी प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुनुहुने एजेन्ट पूर्ण बहादुर खड्कालाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक एल पी दासले वर्तमान विषम परिस्थितिको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । सिईओ दासले कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुर्याउनमा नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका छन् ।

कम्पनीले यस वर्ष दावी भुक्तानीमा तदारुकता देखाई छिटो दावी भुक्तानी होस् भन्ने हेतुले यस वर्ष एलआइसी दावी भुक्तानी वर्ष घोषणा गरिएको जानकारी जानकारी दिएका छन् । एलआईसी नेपालले २२ औं वर्षमा प्रवेश गर्दासम्ममा झण्डै एक खर्बको जीवन कोष खडा गर्न सफल भइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*