कैलाली ५ मा पुस्करनाथलाई पेलेर आरजु राणाको एकल नाम सिफारिस

१६ भाद्र २०७९, बिहीबार १२:२६

काठमाडौं । नेपाली कांग्रेसभित्र यति बेला संघीय संसदको निर्वाचनमा उम्मेदवार चयन गर्न नाम सिफारिस गर्ने क्रम देशैभरि चलिरहेको छ । यसै क्रममा पुस्करनाथ ओझालाई आगामी प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट नेपाल कांग्रेसका पुराना एवम् निष्ठावान नेता पुस्करनाथ ओझाको नाम नै सिफारिस नगरी प्रधानमन्त्री पत्नी डा. आरजु देउवालाई उम्मेवार बनाउन क्षेत्रीय समितिले सिफारिस गरेपछि डा. देउवाको चुनावी बिजयमाथि प्रश्न चिन्ह खडा भएको छ ।

पुराना तथा जनताको बीचमा प्रभावशाली रहेका ओझालाई सुरुमै रिङआउट गरेपछि कैलाली ५ मा नेपाली कांग्रेसलाई अप्ठेरो पर्ने चर्चा जिल्लामा चलेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*