चार जीवन बीमा कम्पनीको आईपिओ जारी गर्ने प्रक्रिया रद्द गर्ने बीमा समितिको निर्णय, पुँजि बृद्धिको अर्कै बाटोमा अघि बढ्दै कम्पनी

१६ भाद्र २०७९, बिहीबार ११:४८

काठमाडौं । नियामक बीमा समितिले चार वटा बीमा कम्पनीहरुको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । उनीहरुले यसअघि प्रिमियम मूल्यमा आईअिपो जारी गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि बीमा समितिले पनि प्रक्रिया रद्द गरिदिएको हो । धितोपत्र बोर्डले लाइसेन्सिङ क्षेत्रमा १०० रुपैयाँमा नै आईपिओ बिक्री गर्नुपर्ने भन्दै रोकेको थियो ।

बीमा समितिले गत साता आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीहरुलाई आईपीओ जारी गर्न दिएको अनुमति रद्ध गरेको छ । चारमध्ये ३ कम्पनीहरु सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गर्ने भनेका थिए । आइएमई लाइफले भने प्रति कित्ता एक सय रुपैयाँ दरमै आईपीओ निष्काशन गर्न प्रक्रिया अघि बढाएको थियो ।

बीमा समितिले हचुवाको भरमा देशको आर्थिक नीति अध्ययन नै नगरी बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपिओ जारी गर्न अनुमति दिएको थियो । यसरी अनुमति पाएका चार वटा कम्पनीले आईपिओ जारी गर्नै पाएनन् र अन्त्यमा पुँजि बृद्धि गर्नुपर्ने भएपछि कम्पनीहरु आफै पछि हटेर महालक्ष्मी लाइफको मोडालिटीमा अघि बढेका छन् । अर्थात, पहिलो पुँजि थप गर्ने अनि मात्रै आईपिओ जारी गर्ने अभियानमा लागिसकेका छन् ।

बीमा कम्पनीहरु पुँजि बृद्धिको लागि अर्कै बाटो रोजेपछि बीमा समितिले यसअघि दिइएको आईपिओ जारी गर्ने अनुमति रद्द गर्दै बीमा कम्पनीहरुमा पत्र पठाएको हो ।

बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउनुपर्ने भन्दै कडा निर्देशन जारी गरेपछि बीमा कम्पनीहरु आईपिओ जारी गर्न छोडेर मर्जरतर्फ केन्द्रीत भएका छन् । बीमा समितिले पनि हचुवाको भरमा बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*