हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ ठाउँमा नयाँ शाखा खोल्ने, कार्यालय राख्न घरखोजी सुरु
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा कार्यालय विस्तारका लागि घरबहालमा लिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपत्यकाभित्र र बाहिरका शाखा कार्यालय संचालनको लागि घर बहालमा लिनका लागि शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
इन्स्योरेन्सले उपत्यकाभित्र चाबहिल चोकदेखि चुच्चेपाटीसम्म, सूर्यविनायक।जगते।कमलविनायक, कालिमाटीदेखि कुलेश्वर वा सोल्टिमोडसम्म, सामाखुशी चोकदेखि गोंगबुसम्म घरबहालमा लिने भनेको छ ।
त्यस्तै, उपत्यकाबाहिरका लागि काकडभित्ता, झापा, पथरी मोरङ्ग, दुहबी सुनसरी, कलैया बारा, निजगढ बारा, परासी बजार परासी, तुलसीपुर दाङ्ग, कोहलपुर बाँके, छिन्चु सुर्खेत, लम्की कैलाली, अत्तरीया कैलाली, लेखनाथ कास्की, पर्सा चितवन, महेन्द्रनगर धनुषा र नेपालगंज बाँकेमा घरबहालमा लिने जनाएको छ ।
यसअघि कम्पनीले शाखा कार्यालयहरु घटाउने जनाएको थियो । साविक हिमालयन जनरल इन्स्योरेन्स र एभेरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भई गत साउन एक गतेदेखि ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को नाममा एकीकृत कारोबार सुरु गरेको थियो ।
एकीकृत कारोबार भएको केही समयसम्म पनि कर्मचारीहरुबीच तालमेल नमिलेको र एकीकृत हुन नसक्दा काम गर्न सहज नभएको कम्पनीका कर्मचारीहरुले गुनासो गरेका थिए । सोही कारण कम्पनीले केही शाखा कार्यालयहरु घटाई बीमा ब्यवसाय गर्ने जानकारी गराएको थियो ।