आज हरितालिका तीजः महिलाहरुले भव्य रुपमा मनाउँदै

१४ भाद्र २०७९, मंगलवार ०७:३२

काठमाडौं । नेपाली महिलाहरुले आज हरितालिका तीज भव्य रुपमा मनाउँदैछन् । महिलाहरुको पर्व तीज अन्तर्गत आज ब्रत बसी दिनभर पुजाआजा गर्र्ने र महिला मुक्तिका गीत गाएर मनाउने सांस्कृतिक प्रचलन रहेको छ ।

तीज पर्र्वको अवसरमा महिलाहरुले महादेवको ब्रत तथा पूजा गर्ने चलन छ । महिलाहरु नदि तलाउ तथा मन्दिरमा गएर पूजा गर्ने गर्दछन् ।

तीज पर्वकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीज पर्वको अवसरमा सबैमा शुभकामना दिँदै नारी सामथ्र्र्यलाई अभिव्यक्ति गर्ने तीज सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न आह्वान गर्नु भएको छ । राष्ट्रपति कार्यालयबाट आज जारी शुुभकामना सन्देशमा तीजलाई महिला जागरणको सन्देशश फैलाउने सामाजिक मञ्चको रुपमा ग्रहण गर्न आह्वान गरिएको छ ।

त्यस्तै, तीज पर्वकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको स्पष्ट पारेका छन् । तीज पर्वको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाद्धारा शुभकामना सन्देशमा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिनुभएको उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*