विश्वकै सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर इओ मिनि अब नेपालमा, कति छ बजारमूल्य ?

१२ भाद्र २०७९, आईतवार १८:५६

काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ ।

यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत EV युजरहरूका लागि डिजाइन गरिएको हो ।  EO चार्जिङ ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो ।

यसले EO चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ। भ्इ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो ।

EO को टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र Amazon, DHL र Tesco जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ । यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा EO ले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६०,००० ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो ।

प्यारामाउन्ट मोटर्स इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिशनमा रहेको छ । साथै नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेका छ जसले व्यवसाय र व्यक्तिहरूलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गरेको छ ।

EO mini मा Integral 6mA DC को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ । यसलाई बिना कुनै टाइप B RCD नियन्त्रण गर्न सकिन्छ। EO मिनी तपाईको घरको पावर इनपुट जडानको आधारमा 6 amp देखि 32 amp सम्म समायोजन गर्न सकिन्छ । बजारमा सबैभन्दा सानो EO 175MM X 125MM X 95MM मा उपलब्द छ ।

EO mini का अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक 7.2KW सम्मको पावर रेटिंगलाई लिन सकिन्छ। कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५,००० रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*