सानिमा लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

१० भाद्र २०७९, शुक्रबार १५:४१

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आज सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्र ,कुरिनटार चितवनमा एक बिमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

उच्च पस्दस्त अधिकारी सहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ समाबेश गरि सो कक्षा संचालन गरिएको हो। उक्त तालिम पछि सहभागीहरुले बीमा बारेमा आफ्नो धारणा पहिले गलत रहेको तर यो कक्षा पछि बीमा बारेमा सकारात्मक धारणा बिकास भएकोले आफ्नो बीमा गरिहाल्ने र सहभागी नभएका अन्य साथी र समाजमा पनि बीमा गर्नका लागि प्रोत्साहन गर्ने बताए ।

कार्यक्रममा प्रशिक्षकको रुपमा क्षेत्रीय प्रमुख बलराम खत्री ,COT एन.बि।गुरुङ MDRT दीपक राज गिरि रहनुभएको थियोे । सानिमा लाइफको धेरै योजना मध्ये केही बीमा योजनाहरु समेत सहभागीहरुलाइ जानकारी गराइएको थियो।

प्रहरी नायब उपरीक्षक सुदन प्रसाद भारतीले दिनरात अहोरत्र बिपद ब्यबस्थापनमा खटिएका हामी हाम्रो नै बीमा भएन भने हामी र हाम्रो परिवार नै बिपद र आर्थिक संकटमा पर्ने बताउनुभयो।त्यस्तै बिपद तथा भवितब्य बाजा बजाएर नआउने भएको हुदा हामी आफै सजग हुनुपर्ने भएकोले आर्थिक सुरक्षा र भबिष्यको समृद्धिको लागि बीमा अपरिहार्य रहेको कुरामा मुख्य प्रशिक्षक खत्रीले जोड थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*