एमडिआरटीको ग्लोबल कन्फ्रेन्स २०२२ मा सूर्या लाइफबाट चन्द्रकान्त पन्थी सहभागी हुँदै

१० भाद्र २०७९, शुक्रबार १४:२६

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका एमडीआरटी बन्न सफल रुपन्देहीका चन्द्रकान्त पन्थी मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागी हुन आज प्रस्थान गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एमडीआरटी) ग्लोबल कन्फ्रेन्समा सहभागी हुन उनी आज आजै प्रस्थान गरेका हुन् ।

उक्त कन्फरेन्समा विश्वभरका देशहरुबाट एमडीआरटीको मापदण्ड अनुरुप टार्गेट पुरा गर्ने विभिन्न कम्पनीहरुका अभिकर्ताहरुको संयुक्त भेला हुनेछ । समारोहमा भाग लिन उत्साहित भएका पन्थीले आफु त्यहाँ पुगेर देशको झण्डा फहराउने अवसर प्रप्त भएको तथा नयाँ ज्ञान सिकेर अझै आफु सक्षम र दक्ष हुने कुरामा विश्वस्त रहेको बताए ।

बिगत ४ वर्षदेखी विमा क्षेत्रमा अभिकर्ताका रुपमा काम थालेका पन्थीले आफ्नो व्यावसाय संगसंगै बिमा क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्दै छोटो समयमै एमडिआरटी बन्न सफल भएको कुरा कम्पनीले जनाएको छ । यस भव्य समारोहमा विश्वभरबाट करिब ७० देशका ५ सयभन्दाबढी कम्पनीका प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*