नबिल बैंकको ‘नबिल ढुक्क मुद्दति खाता’ सञ्चालनमा, दस गुणासम्म प्रतिफल पाइने

७ भाद्र २०७९, मंगलवार १५:४८

काठमाण्डौ । नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दति खाता’ बजारमा ल्याएको छ।

‘नबिल ढुक्क मुद्दति खाताअन्तर्गत ग्राहकले मुद्दतिमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दसगुणासम्म रकम प्राप्त गर्न सक्नेछन्।

उक्त मुद्दति योजना अन्तर्गत नेपालमा आर्जित तथा विप्रेषणमार्फत प्राप्त रकममा खोल्न सकिनेछ। नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दति खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ।

त्यसैगरी विप्रेषणअन्तर्गत खोलिने ढुक्क मुद्दति खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*