नेपाल लाइफ इन्स्योरेन्स लिडरशिप एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्टलाई सम्मान (फोटो फिचर सहित)

७ भाद्र २०७९, मंगलवार १४:४४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८०  पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमबीच सम्पन्न गरेको हो ।कम्पनीका नेशनल सेल्स हेड उमापती पोखरेलका साथै सिइओ पराजुलीले विगका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा गरेका थिए । कार्यक्रममा चालु आर्थिक बर्षको लागि योजना बनाँउदै विगतका व्यवसायलाई समिक्षा गरिएको थियो ।

कार्यक्रममा एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजी तालिम तथा उत्कृष्ट एजेन्सीहरुलाई पनि सम्मानित गरिएको थियो । नेपाल लाइफको कुम्भ मेलाको रुपमा हेरिएको पोखरामा आयोजित लिडरशिप एक्सिलेन्स अवार्ड कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले उद्घाटन गरेका थिए ।

पोखरास्थित ग्राण्ड होटलमा देशैभरिका सिनियर बीमा अभिकर्ता, एजेन्सी म्यानेजरहरु, उत्कृष्ट शाखा प्रमुख तथा काठमाडौंबाट उच्च व्यवस्थापकहरु डेपुटी जनरल म्यानेजर उमापति पोखरेल, सहायक महाप्रबन्धक दिग्बिजय सिंघल, ओम प्र्रकाश पुडासैनी, अमित कयाल, प्रेम प्रसाद रेग्मी, बिनोद भुजेललगायतको सिंगो व्यवस्थापन टिम भेला भएको कारण आज सम्पन्न भएको हो।

उक्त सेसनमा विश्वको सर्वोच्च शिखर ८,८४८ मिटर अग्लो सगरमाथाको टुप्पोमा नेपाल लाइफको झण्डा फहराउने लमहीका युवराज धिताललाई एक लाख रुपैयाँ नगदसहित सम्मानित गरिएको थियो ।
त्यसैगरी, नेपाल लाइफको तर्फबाट सिओटी तथा टिओटी बिजेता भई एमडिआरटीको सम्मेलनमा अमेरिकाको बोस्टर्नमा सहभागी भएर फर्केकी जैसरा शर्मा पंगेनीलाई एक लाख रुपैयाँ नगद सहित सम्मानित गरिएको थियो ।


कम्पनीले प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतिय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।यो दुबै क्याटागोरीमा अवार्ड पाउनेलाई पुरस्कित गरिएको हो । कार्यक्रममा सहभागीहरु मध्ये मदन भट्ट, देवी प्रसाद जैसी र रक्षा महराले मन्तव्य व्यक्त गरेका थिए । अन्तिम दिन मनोरञ्जनात्मक कार्यक्रम गरि भव्य रुपमा मनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*