सानिमा लाइफकी एजेन्सी बुढाथोकी पहिलोपटक एमडिआरटीमा सहभागी हुन अष्टेलिया जाँदै

७ भाद्र २०७९, मंगलवार १२:२१

काठमाडौं । सानिमा लाइफ इन्स्योरन्स कम्पनीबाट एमडिआरटी छनोट भएकि कल्पना बुढाथोकी एमडिआरडी ग्लोबल कन्फ्रेन्सका लागि अष्टेलिया प्रस्थान गरेकी छिन् । गत बर्षमा एमडिआरटीबाट छनोट भएका ७१ जनामध्येबाट उनी ग्लोबल कन्फ्रेन्समा उनी कम्पनीको तर्फबाट पहिलोपटक भाग लिन सफल भएकी हुन् ।

विगत एक बर्ष देखि उनी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा कार्यरत छिन् । उनी एक सफल महिला उधमी हुन्। एक बर्षमै २ हजार अभिकर्ताबीच एकडिआरटीकताज पहिरन सफल भई उनी एमडिआरडी ग्लोबल कन्फ्रेन्समा सहभागी भएकि हुन् ।

एकडिआरटीको टार्गेटको झण्डै दोब्बर प्रिमियम संकलन गरि कम्पनीको ७१ एमडिआरटीको प्रतिनिधित्व गर्दै उनी एमडिआरडी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन जाँदैछिन् । उनले एकै वर्षमा ६५ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएकी छिन् । कम्पनीको तर्फबाट पहिलोपटक एमडिआरटिको प्रतिनिधित्व गर्न पाँउदा खुसी भएको उनी बताँउछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*