नेपाल इको प्यानलद्धारा ७० वर्षको वारेन्टी घोषणा

६ भाद्र २०७९, सोमबार १७:३२

काठमाडौं । नेपाल इको प्यानलले ७० वर्षको वारेन्टी घोषणा गरेको छ । स्थायी तथा अस्थायी संरचनामा पार्टेशन वालको रुपमा नेपाल इको प्यानल लगाइसकेपछि ७० वर्षभित्र नेपाल इको प्यानलमा केही म्यानुफ्याक्चरिंग डिफेक्टलगायत अरु केही समस्या आएमा रिप्लेसमेन्ट ग्यारेन्टी दिने घोषणा गरेको हो । नेपाल इको प्यानलका उत्पादनहरु घटीमा ७० वर्षसम्म टिक्ने भएकाले यस्तो घोषणा गरेको कम्पनीले जनाएको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले विभिन्न अनुसन्धानपत्रको अध्ययनपश्चात् नेपाल इको प्यानल ७० वर्षसम्म केही नहुने निश्चित भएकाले यस्तो घोषणा गरेको बताए । ‘निरन्तरको घामपानी, आगलागी जस्ता भवितव्यका साथै म्यानिफ्क्यारिग डिफेक्टका कारण नेपाल इको प्यानलमा केही समस्या आए यसको रिप्लेसमेन्ट ग्यारेन्टी हामी दिन्छौ, सिइओ इन्जिनियर दुवालले भने, ‘त्यसकारण ढुक्क भएर हाम्रो लाइटवेट कंक्रिट प्यानलहरु घरको भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गर्न हामी आह्वान गर्छाै ।’

नेपाल इको प्यालन इपीएस (चलनचल्तीको भाषामा थर्माेकोल), सिमेन्ट, वालुवाको मिश्रण र दुईतिर ४ दशमलब ५ मिलिमिटर मोटाइको सिमेन्ट वोर्ड÷क्लासियम सिल्केट वोर्डबाट बनेको हुन्छ । इपीएस भनेको हलुका तथा दिगो निर्माण सामाग्री उत्पादन गर्न क्रंक्रिटमा मिसाउने एकखालको पोलिस्टायरिन हो । यसको घनत्व १० देखि १२ किलो प्रति घनमिटर मात्र हुन्छ । यो इपिएस वालुवा, सिमेन्टमा मिसाउँंदा कंक्रिटको घनत्व ६ सय ५० किलो प्रति घनमिटर मात्र हुन्छ, जवकि साधारण कंक्रिटको घनत्व २ हजार ४०० किलो प्रति घनमिटर हुन्छ ।

‘नेपाल इको प्यानल बन्दा त्यसमा इपिएस मिसाउने भएकोले यसको पानी सोस्ने क्षमता ६ दशमलब ९ प्रतिशत मात्रै हुन्छ, जबकि साधारण प्लाष्टरको पानी सोस्ने क्षमता ९ दशमलब ४ प्रतिशत हुन्छ’, सिइओ इन्जिनियर दुवालले थपे, ‘कुनै पनि सिमेन्ट कंक्रिटमा पानी सोस्ने क्षमता कम हुनु भनेकै यसको आयु वढ्नु हो । यो कुरा विभिन्न अध्ययनले देखाएको छ ।’ नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*