रिलायबल नेपाल लाइफको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित

५ भाद्र २०७९, आईतवार १३:०६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार बालाजुको ए–वान क्याफेमा सम्पन्न भएको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कर्पोेरेट कार्यालय र तारकेश्वर शाखाको संयुक्त रुपमा भएको उक्त कार्यक्रममा केन्द्रीय कार्यालय र तारकेश्वर शाखाका उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका थिए ।

उक्त कार्यक्रममा कम्पनीका ब्रान्डिङ हेड ज्योतिनिधी तिवारी तथा डिजिटल मार्केटिङ हेड लक्ष्मण बाबु श्रेष्ठबाट ३४ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु र एमडिआरटी जितेन्द्र श्रेष्ठ सम्मानित भएका थिए ।  कार्यक्रममा बोल्दै श्रेष्ठले एमडिआरटी बन्न सफल भएकोमा खुशि ब्यक्त गर्दै जीवन बीमा गर्नुपर्ने आवश्यक रहेको बताए ।

सो कार्यक्रममा कम्पनीका मार्केटिङ डिपार्टमेन्ट हेड, डिजिटल मार्केटिङ हेड, मार्केटिङ डिपार्टमेन्टका बिमल राज रेग्मी, टुक बहादुर सिलवाल लगायतका ८० जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*