नेपेक्सको अध्यक्षमा कृष्ण आचार्य चयन

५ भाद्र २०७९, आईतवार १०:५६

काठममाडौं । नेपाल पावर एक्सचेञ्ज(नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्ष पदमा चयन गरेको हो ।

साथै कम्पनीको प्रबन्ध संचालकमा आशिष गर्ग रहेका छन् । विद्युत व्यापारका लागि निजी क्षेत्रका तर्फबाट स्थापना भएको नेपेक्सले हालसम्म लाइसेन्स भने पाईसकेको छैन ।

नेपेक्सले भारतीय कम्पनी मणिकरण पावर लिमिटेडसँग निजी क्षेत्रबाट उत्पादित ५०० मेगावाट विद्युत बिक्रीका लागि सम्झौता गरेको छ । तर व्यापारको लाइसेन्स भने सरकारले अझै दिएको छैन् ।

संचालक समितिले अध्यक्षमा आचार्यलाई चयन गरेसँगै अब नेपाल पावर एक्सचेञ्जले समेत व्यापारको लाइसेन्स पाउने अपेक्षा राखिएको छ । आचार्य स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का समेत अध्यक्ष हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*