१८ निर्जिवन बीमा कम्पनीले व्यवस्थापनमा खर्चिए करिब साढे ५ अर्ब, नेपाल र आइएमई जनरलको खर्च बृद्धि अत्याधिक

मनिष सोती
५ भाद्र २०७९, आईतवार ०९:५५

काठमाडौं । नेपालमा सञ्चालित १८ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड ३६ लाख १० हजार १५८ रुपैयाँ व्यवस्थापनमा खर्च गरेका छन् । कर्मचारीलाई तलव, कार्यालय सञ्चालन, सिईओको तलव तथा भत्ता समेत कूल व्यवस्थापन खर्चमा गणना हुन्छ । निर्जीवन बीमा क्षेत्रमा कार्यरत पाँच हजारभन्दा बढि कर्मचारीका लागि व्यवस्थापन खर्च रकम पाँच अर्बभन्दा बढि गरिएको हो ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार १८ निर्जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तको तुलनामा व्यवस्थापन खर्च अघिल्लो आवको तुलनामा २२.१० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरको व्यवस्थापन खर्च ४ अर्ब ४४ करोडमाथि रहेको थियो ।

कम्पनीहरुले बीमा व्यवसायमा विस्तार गरेसँगै व्यवस्थापन खर्च समेत उत्तीकै बढेको देखिएको हो । बीमा समितिको ऐनअनुसार सम्बन्धित बीमा कम्पनीको कार्यालय खर्च तथा कर्मचारीहरुको अन्य खर्च नै बीमा कम्पनीहरुको व्यवस्थापन खर्चअन्तर्गत पर्दछ । यसैबमोजिक कम्पनीहरुले बीमा ब्यवसायमा बृद्धि गर्दा व्यवस्थापन खर्च स्वतः बढ्न पुगेको देखिएको हो ।

सो निर्जिवन बीमा कम्पनीमध्ये अब्बल मानिने शिखर इन्स्योरेन्सले मात्रै व्यवस्थापनमा ५८ करोड ४८ लाख रुपैयाँ खर्चिएको छ । गत आवको चौथो त्रैमाससम्मसम्ममा अघिल्लो आवको तुलनामा शिखरले ४.५७ प्रतिशत बढी व्यवस्थापन खर्च गरेको छ । यस वर्ष शिखर इन्स्योरेन्स निजी बीमा कम्पनीहरुमा सबैभन्दा कम व्यवस्थापन खर्च बृद्धि हुने कम्पनीमा परेको छ । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ५५ करोड ९३ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको थियो । कम्पनीले बीमा ब्यवसाय विस्तारमा सुधार गर्दै सो अवधिसम्म ५८ करोडमाथि व्यवस्थापन खर्च पुगेको हो ।

दोस्रोमा नेको इन्स्योरेन्सले पनि गत आवको असार मसान्तसम्मा ४८ करोड ९८ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएको देखिएको छ । कम्पनीको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यवस्थापन खर्च ३०.६७ प्रतिशतले बढ्न पुगेको हो ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्सले पनि चौथो त्रैमाससम्म कुल ४१ करोड ४२ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएको छ । जुन यो अघिल्लो आवको तुलनामा ३०.४४ प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ३२ करोड ६ लाख रुपैयाँमा व्यवस्थापन खर्च कायम गरेको थियो ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सको व्यवस्थापन खर्च ४० करोड, नेपाल एनएलजी इन्स्योरेन्सको ३३ करोड, अजोडको ३० करोड, युनाईटेड इन्स्योरेन्सको २८ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीको २७ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको २४ करोड, प्रुडेन्सियल इन्स्योरेन्सको २३ करोड, एभरेष्ट इन्स्योरेन्सको २१ करोड, प्रभ इन्स्योरेन्स कम्पनीको २० करोड, जनरल इन्स्योरेन्स कम्पनीको २० करोड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २० करोड, राष्ट्रिय बीमा कम्पनीको १८ करोड र सानिमा जनरल इन्योरेन्सको १७ करोड रुपैयाँ व्यवस्थापनमा खर्च गरेका छन् ।
तर प्रतिशत बृद्धिद्धरको हिसाबमा हेर्नुपर्दा सबैभन्दा बढी व्यवस्थापन खर्च बढ्न कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । अघिल्लो आर्थिक वर्षमा २४ करोड १ लाख रुपैयाँमात्रै व्यवस्थापनमा खर्चिको कम्पनीले यस अवधिसम्ममा ३५ करोड ७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४६.०५ प्रतिशत बढी हो ।

त्यस्तै, आइमएई जनरल इन्स्योरेन्सले पनि सो अवधिसम्म २९ करोड ७१ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । यो अघिल्लो आवको तुलनामा ४५.११ प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिसम्म आइमएमई जनरलले जम्मा २० करोड ४७ लाख रुपैयाँ मात्रै व्यवस्थापन खर्च गरेको थियो ।

नेपालमा दर्ता भई सञ्चालित १८ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरिसकेका छन् भने नेपालमा सञ्चालित दुई भारतीय बीमा कम्पनीका शाखा कार्यालयले भने वित्तीय विवरण नै प्रकाशन गरेका छैनन् ।

संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीमध्ये भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सले हालसम्म गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित नगरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*