नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्डका लागि पोखरामा भव्य तयारी, सयौं एजेन्सी र अभिकर्ताहरु सम्मानित हुँदै

४ भाद्र २०७९, शनिबार १९:०७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको यस वर्षको लिडरशिप एक्सिलेन्ट अवार्ड यस वर्ष पोखरामा भव्य रुपमा आयोजना हुँदैछ । भदौं ५ र ६ गते पोखराका ग्राण्ड होटलमा आयोजित महाकुम्भ मेलामा देशैभरिका सयौं एजेन्सी तथा अभिकर्ताहरु सहभागी हुँदैछन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्द संघाईसहितका सबै सञ्चालकहरु, सिईओ प्रविरण रमण पराजुली उच्च व्यवस्थापकीय टिम सहितको उपस्थितिमा देशैभरिका एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुलाई सम्मान गर्न लागिएको कम्पनीले जनाएको छ ।

आइतबार उद्घाटन भई दुई दिनसम्म चल्ने सम्मेलनमा भाग लिन देशैभरिका नेपाल लाइफका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरु पोखरा आइपुगिसकेका छन् । विगत तीन वर्षदेखि कोरोनाको कारण हुन नसकेको कार्यक्रम यस वर्ष भव्य रुपमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा २०५ जना उत्कृष्ट सिनियर एजेन्सी म्यानेजरहरुलाई लिडरशिप एक्सिलेन्स अवार्डमार्फत सम्मानित गर्ने कार्यक्रम रहेको छ भने उत्कृष्ट व्यवसाय गर्ने सयौं बीमा अभिकर्ताहरु सम्मानित हुनेछन् ।

नेपाल लाइफले गत आर्थिक वर्षमा नेपाल लाइफले ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार १४४ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीले गत आवमा बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई तीन अर्ब ५२ करोड ९९ लाख १३ हजार २६५ रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले उक्त लक्ष्य हासिल गर्न बीमा अभिकर्ताहरुको अतुलनीय योगदान रहेको भन्दै प्रत्येक वर्ष उत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मानित गर्दै आएको छ ।

पोखराको ग्राण्ड होटलमा आयोजित भव्य कार्यक्रममा गत वर्षको समीक्षा तथा चालु आवको रणनीतिक योजनाबारे छलफल हुनेछ । नेपाल लाइफले लिडर्शिप सम्मेलनपछि बीमा अभिकर्ताहरु पुनर्तागजी भई बीमा सचेतनाका दूत बनेर देशका कुना काप्चामा पुगेर बीमा सचेतना फैलाउने विश्वास लिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*