अफ्रिकी राष्ट्र केन्याको निर्वाचन पर्यवेक्षणमा गएको टोली स्वदेश फर्कियो

४ भाद्र २०७९, शनिबार ११:१६

काठमाडौं । पूर्वी अफ्रिकाको प्रभावशाली देश केन्यामा यही अगष्ट ९ मा आम निर्वाचनको पर्यवेक्षण गर्न नेपालबाट गएको टोली हिजो स्वदेश फर्किएको छ ।

सामाजिक अभियान्ता तथा इन्जिनियर दीपेन्द्र कँडेल, शान्ता शर्मा सहितको टोली स्वदेश फर्किएको हो । अफ्रिकी मुलुकमा सम्पन्न भएको आम निर्वाचनमा नेपालबाट पर्यवेक्षण गरिएको सम्भवतः पहिलो पटक हो । यसअघिका निर्वाचनमा भिषण हिंसा मच्चिएको केन्यामा जोखिम मोलेरै निर्वाचनको निष्पक्षता र स्वतन्त्रता पर्यवेक्षण पश्चात त्यहाँको निर्वाचन आयोगलाई प्रतिवेन बुझाएर स्वदेश फर्किएको हो ।

निर्वाचन स्वतन्त्र र धाँधलीरहित रुपमा सम्पन्न भएको पर्यवेक्षण टोलीका संयोजक दीपेन्द्र कँडेलले जानकारी दिए । निर्वाचनको पर्यवेक्षणको क्रममा केन्याको आम सञ्चार माध्यममा विभिन्न अन्तर्वार्ताहरु दिएर चर्चामा आएका कँडेलले केन्याको प्रख्यात टेलिभिजन टिभी ४७, लुकअप टिभी र केबिसी टेलिभिजनमा अन्तर्वार्ता समेत दिएका थिए ।
दीपेन्द्र कँडेल इनिसिएटिभको तर्फबाट पर्यवेक्षणको क्रममा कँडेलले विभिन्न मतदान केन्द्रहरुमा पुगेर प्रत्यक्ष पर्यवेक्षण गरी निर्वाचन स्वतन्त्र र धाँधलीरहित रुपमा सम्पन्न भएको प्रतिवेदन दिएर हिजो साँझ स्वदेश फर्केको कँडेलले जनाएका छन् ।

पर्यवेक्षण टोलीमा शान्ता शर्मा, सेभिन्ज हुसेनोभा, वैशाली बज्रचार्य, सन्तोष यसमाली सहभागी थिए । कँडेलले अफ्रिकी मुलुकमा पुगेर त्यहाँको निर्वाचनको स्वतन्त्रता पर्यवेक्षण गरेर आफूलाई अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रुपमा स्थापित गर्न सफल भएका छन् । नेपालमा समेत आगामी मंसिर ४ गते आम निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा कँडेलले अन्तर्राष्ट्रिय रुपमा पर्यवेक्षणको अनुभव हासिल गरेका फर्केका छन् ।

केन्यामा यही ९ अगस्टमा सम्पन्न भएको आम निर्वाचनमा ४६ हजार २२९ वटा मतदान केन्द्रमा मतदान भएका थिए ।
सामाजिक अभियान्ता इन्जिनियर कँडेलले केन्याको टिभीलाई दिएको अन्तर्वार्ता हेर्न यहाँ क्लीक गरौं ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*