रिद्धिसिद्धि सिमेन्टमा कार्यरत महिलामाथि अभद्र व्यवहार, एक पुरुष कर्मचारी हटाइए

३ भाद्र २०७९, शुक्रबार १८:१२

काठमाडौं । अम्बे ग्रुप र शंकर ग्रुपको लगानीमा हेटौडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्टमा कार्यरत एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा सो कम्पनीमा कार्यरत एक कर्मचारी निकालिएका छन् । पाँच महिना पहिलेको घट्नाको ढिलोगरी प्राप्त सूचना अनुसार महिला कर्मचारीहरुको लागि कम्पनी असुरक्षित भएको भन्ने रिपोर्ट टेकुमा आइपुगेपछि तत्कालिन इन्चार्जलाई हटाइएको हो । रिद्धिसिद्धि सिमेन्टमा कार्यरत मल्ल थरका कर्मचारीले पाँच महिना पहिले नै जागिर छोडेको कम्पनीले पुष्टि गरेको छ ।

कम्पनीको हेटौडास्थित फ्याक्ट्रीमा सबैचिज हेर्ने गरी नियुक्त भएका पूर्व प्रहरी समेत रहेका कर्मचारीले महिलामाथि गरेको व्यवहार चित्त नबुझेपछि कम्पनीले ति कर्मचारीलाई हटाएर नयाँ गुरुङ थरका कर्मचारी पठाएको खुलेको छ । सो सम्बन्धमा प्रहरीमा कुनै उजुरी परेको भने छैन ।

सो घटनापछि अन्य पुरुष कर्मचारीहरुले पनि महिला कर्मचारीमाथि बक्रदृष्टि लगाउन थालेको कम्पनीमा कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् । पदमपोखरीमा चलेको चर्चा अनुसार रिद्धि सिद्धि सिमेन्टभित्रको आन्तरिक प्रशासन निकै फितलो रहेका कारण कर्मचारीहरुमाथि विभेद गर्ने गरिएको छ ।

नेकपा माओवादी क्रान्तिकारी सम्बद्ध अखिल क्रान्तिकारीका सचिव तथा युवा नेता मन कुमार ‘चे’ले रिद्धिसिद्धि सिमेन्ट उद्योगमा महिलामाथि यौन दुव्र्यवहार हुने गरेको गुनासो आएकोले प्रहरीमार्फत स्वतन्त्र छानविन गर्न माग गरेका छन् । उनले सिमेन्ट उद्योगमा महिला कर्मचारीमाथि हुने दुव्र्यवहार रोक्न जिल्लामा क्रियाशिल गैर सरकारी संस्थाहरुको समेत ध्यानाकर्षण गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*