सोल्टी होटलको आम्दानी २०२ प्रतिशतले बढ्यो, खुद नाफा ४५ करोडमाथि

३ भाद्र २०७९, शुक्रबार १०:१३

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३७ करोड १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा बढ्न पुगेको हो । गत आर्थिक वर्षको आम्दानी अघिल्लो आवको यसै अवधिसको तुलनामा २०२.१६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ४५ करोड ३९ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

आम्दानी बढेसँगै होटलको नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २२ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस सोल्टी होटलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा होटलको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६७ पैसा ऋणात्मकबाट बढेर ३ रुपैयाँ ५८ पैसा पुगेको छ । असार मसान्तसम्ममा होटलको प्रतिशेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.५७ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*