एभरेष्ट इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन एक अर्ब २० करोडमाथि, मुनाफा ५९% ले घट्यो
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार कम्पनीले बीमाशुल्क आजर्नमा उल्लेख्य सुधार गर्न सफल भएको छ ।
गत आवको असार मसान्तसम्म इन्स्योरेन्सले १ अर्ब २० करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तो आम्दानी अघिल्लो आवको तुलनामा १६.४८ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म इन्स्योरेन्सले १ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्दै कम्पनीले सो अवधिसम्म बीमा कोषमा ४४ करोड ७३ लाख रुपैयाँ संचिती गरेको छ । यस अवधिसम्म बीमाकोषको आकार ८.५६ प्रतिशतले बढेको हो । अघिल्लो आवको यसै अवधिसम्म एभरेष्ट इन्स्योरेन्सको बीमा कोषमा ४१ करोड २१ लाख रुपैयाँ मात्रै संचिती रहेको थियो ।
साथै समिक्षा अवधिसम्म कम्पनीको जगेडा कोषको आकार घटेको छ भने महाविपत्ती कोषको आकार भने बढेको छ । चौथो त्रैमाससम्म जगेडा कोषको आकार १५.२६ प्रतिशत घटेको छ भने महाविपत्ती कोषको आकार १८.७० प्रतिशतले बढेको छ ।
बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको खुद दावी भुक्तानी समेत ५१.४५ प्रतिशतले बढ्न पुगेको छ । सो अवधिसम्म कम्पनीले ४१ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
त्यस्तै, कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कमिशन आयसँगै व्यवस्थापन खर्च समेत बढ्न पुगेको छ । यसको प्रभाव कम्पनीको खुद नाफामा देखिएको छ । समिक्षा अवधिसम्म कम्पनीको यस्तो आय ३३.६१ प्रतिशत बढेको छ भने व्यवस्थापन खर्च २७.५८ प्रतिशत बढेको छ । खर्चबढेसँगै कम्पनीको खुद नाफा ५९.६१ प्रतिशत बढेर ७ करोड ५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । कम्पनीको हाल जारी बीमालेखको संख्या एक लाख ६ हजार ४९४ रहेको छ ।
एक अर्ब २५ करोडमाथि चुक्तापुँजी रहेको कम्पनीको हाल प्रतिशेयर आम्दानी (इपीएस) ५.६२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४.८३ रुपैयाँ रहेको छ । साथै प्रतिशेयर कुल सम्पत्तिको मूल्य २०७.४१ रुपैयाँ रहेको छ । एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स एकआपसमा मर्जरमा गई ‘हिमालयन एभरेष्ट’ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ ।