सिटिजन लाइफ इन्स्योरेन्स र आधुनिक समाज डेण्टल केयरबीच सम्झौता

१ भाद्र २०७९, बुधबार १८:२९

काठमाडौं। । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र आधुनिक समाज डेण्टल केयर प्रा। लि बिच दात तथा मुख स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन दात तथा मुख उपचार र परामर्श स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पुर्याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बुटवल(६ मा रहेको आधुनिक समाज डेण्टल केयर प्रा। लि बुटवल संग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका एकाघर परिवारका सदस्यहरुले आधुनिक समाज डेण्टल केयर प्रा। लि बाट उपलब्ध हुने स्वास्थ्य उपचार तथा परामर्शमा विशेष छुट प्राप्त गर्नेछन ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका बुटवल एरियाका क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकाल र आधुनिक समाज डेण्टल केयर प्रा। लि का संचालक अमृत भुसाल ले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका बुटवल शाखाका शाखा प्रबन्धक पुर्ण चन्द्र सुवेदी, अस्पतालका पदाधिकारीहरु र सिटिजन लाइफका सिनियर लिडरहरु को उपस्थिती रहेको थियो ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*