पछिल्लो २४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण

१ भाद्र २०७९, बुधबार १७:०२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*