जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमा खर्चिए १६ अर्ब, नेपाल लाइफ पहिलो, प्रभु लाइफ वृद्धिदरमा सबैभन्दा अगाडि

१ भाद्र २०७९, बुधबार १५:१८

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमिशन मार्फत १५अर्ब ९७ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएको छ ।
कम्पनीहरुले अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १५ अर्ब २० करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन मार्फत अभिकर्तालाई दिएको थियो । गत बर्षको तुलनामा कम्पनीले बीमा अभिकर्ताहरुलाई दिने अभिकर्ता कमिशन प्रतिशतले बढेको हो ।


अभिकर्ता कमिशनको आधारमा नेपाल लाइफ अगाडि

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा गत आर्थिक बर्षको र्चौथौ त्रैमासको अवधिसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै अभिकर्ता कमीशनमा खर्चिएको तथ्यांकले देखाएको छ ।
कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ३ अर्ब ५२ करोड रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा १ अर्ब ६९ करोड रुपैयाँ खर्चिएको छ।तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १५ करोड रुपैयाँ २१ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा सिटिजन लाइफले ८२ करोड रुपैयाँ, एशियन लाइफले ८२ करोड रुपैयाँ, सूर्या लाइफले ६१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको ५७ करोड रुपैयाँ, आइएमई लाइफको ५५ करोड रुपैयाँ, ज्योति लाइफले ४९ करोड रुपैयाँ, मेट लाइफले ४८ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यस्तै,रिलायन्स लाइफले ४६ करोड ३४ लाख रुपैयाँ, प्राइम लाइफले ४१ करोड ४६ लाख रुपैयाँ, प्रभु लाइफले ४० करोड रुपैयाँ, सानिमा लाइफले ३८ करोड १६ लाख रुपैयाँ, सन नेपाल लाइफले ३७ करोड ६० लाख रुपैयाँ, गुराँस लाइफले ३६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले २६ करोड ३१ लाख रुपैयाँ र सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थानको १८ करोड ६० लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छन्।

पाँच बीमा कम्पनीको अभिकर्ता कमिशन घट्यो

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा पाँच जीवन बीमा कम्पनीहरुले बीमा अभिकर्ता कमिशन घटेको कारण अभिकर्ता कमिशनमा सामान्य वृद्धि देखिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।गुराँस लाइफको ३१ प्रतिशतले घटेर ३६ करोड रुपैयाँमा सिमित भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको थियो ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता कमीशन ३० प्रतिशतले घटेर १८ करोड ६० लाख रुपैयाँमा सिमित रहेको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा संस्थानले २६ करोड ८८ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको थियो ।

त्यस्तै, प्राईम लाइफ इन्स्योरेन्सको अभिकर्ता कमीशन ३ प्रतिशतले घटेर ४१ करोड ४६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४३ करोड ९ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चेको थियो ।युनियन लाइफको ३ दशमलव ८ प्रतिशतले बढेर ४१ करोड रुपैयाँ र गुराँस लाइपफको ३१ प्रतिशतले घटेर ३६ करोड रुपैयाँमा सिमित भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको थियो ।

गतआर्थिक बषर्मा नेपाल लाइफको अभिकर्ता कमीशन सामान्य अंकमा घटेको छ । कम्पनीको अभिकर्ता कमीशन ०। ७ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड रुपैयाँमा सिमित भएको छ ।
अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब ५५ करोड रुपैयाँ अभिककर्ता कमीशनमा खचिएको थियो ।

अभिकर्ता कमिशन वृद्धिदरको आधारमा

गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा प्रभु लाइफको अभिकर्ता कमीशन ८० प्रतिशतले बढेको छ। अभिकर्ता कमीशनको वृद्धिदरमा प्रभु लाइफ नै अगाडि रहेको छ।कम्पनीले गत आर्थिक बर्ष चौथौ त्रैमाससम्ममा ४० करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ। अघिल्ले आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २२ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको थियो ।

दोस्रो वृद्धिदरमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको अभिकर्ता कमीशन ३४ प्रतिशतले बढेर ५७ करोड ६९ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ अधिर्ता कमीशनमा खर्चिएको थियो ।

त्यस्तै, सिटिजन लाइफको अभिकर्ता कमीशन ३१ प्रतिशतले बढेर ८२ करोड रुपैयाँ, सूर्या लाइफको २७ प्रतिशतले बढेर ६१ करोड रुपैयाँ, महालक्ष्मी लाइपकmो २४ प्रतिशतले बढेर २६ करोड रुपैयाँ, एशियन लाइफको १६ प्रतिशतले बढेर ८२ करोड ६७ लाख, सन नेपाल लाइफको १५ प्रतिशतले बढेर ३७ करोड रुपैयाँ, सन नेपाल लाइफको १५ प्रतिशतले बढेर ३७ करोड रुपैयाँ, नेशनल लाइफको १४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ, रिलायन्स लाइफको १० प्रतिशतले बढेर ४६ करोड रुपैयाँ, सानिमा लाइफको १० प्रतिशतले बढेर ३८ करोड रुपैयाँ, ज्योति लाइफको ७ प्रतिशतले बढेर ४९ करोड रुपैयाँ, आइएमई लाइफको ६ प्रतिशतले बढेर ५५ करोड रुपैयाँ,मेट लाइफको ७ प्रतिशतले बढेर ४८ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को शून्य दशमलव चार प्रतिशतले बढेर १ अर्ब ६९ करोड रुपैयाँ खर्चिएको थियो ।

बीमा समितिले उपलब्ध गराएको तथ्याकंअनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ । बीमा कम्पनी र बीमितबीचका बीचमा मध्यस्थकर्ता रुपमा काम गर्ने व्यक्ति अभिकर्ता हुन् ।बीमा ऐन २०४९ का अनुसार बीमा समितिबाट इजाजत पत्र पाएका व्यक्ति अभिकर्ता हुन् ।

बीमा अभिकर्ताले बीमा कम्पनीको तलबी कर्मचारी नभइ कमिशनको आधारमा बीमा कम्पनीको तर्फबाट गर्छन् । जीवन बीमा अभिकर्ताले पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत कमिसन पाउने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*