राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५२ प्रतिशतले बढ्यो, खुद दाबी भुक्तानी घट्दै

३१ श्रावण २०७९, मंगलवार ११:५७

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा४७ करोड ३४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद नाफा ३१.४१% ले वृद्धि गरेको हो । कम्पनीको खुद बीमा शुल्क आम्दानीमा ५२.१५% सुधार हुँदै ३४ करोड ५३ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

साथै, पुनर्बिमा कमिसन आम्दानी पनि ४७.१९% ले बढेर २६ करोड ४ लाख १७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोषमा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ जम्मा भएको छ ।
राष्ट्रिय बीमा कम्पनीको रिजर्भ कोष आकर्षक देखिएको छ । रिजर्भ कोषमा ७.५२% सुधार हुँदै ३ अर्ब ३८ करोड ५२ लाख ५९ हजार रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको चुक्ता पुँजी भने २६ करोड ६६ लाख रुपैयाँ मात्र छ । यसले बीमा समितिले तोकेअनुसार न्यूनतम पुँजी पुर्याउनुपर्ने हुन्छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १७७ रुपैयाँ ५८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १ हजार ३६९.६० रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*