सगरमाथा इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन बढेपनि अन्य वित्तिय सूचक नकारात्मक

३१ श्रावण २०७९, मंगलवार ११:१४

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कमपनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार गत अािर्थक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको कुलबीमाशुल्क आर्जन बढेपनि खुद बीमाशुल्क आर्जन, मुनाफा र बीमालेख सङख्या घटेको छ।

कम्पनीको लगानी, कर्जा, कमिशन आय घट्दा यसको असर खुद मुनाफामा देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सगरमाथा इन्स्योरेन्सको खुद मुनाफा सामान्य ८ दशमलव ७१% ले घटेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा ४४ करोड ६ लाख रुपैयाँ रहेको खुद नाफा ८.७१% घटेर गत असार मसान्तसम्ममा ४० करोड २२ लाख रुपैयाँमा आएको हो । यसअवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने २५.७१% ले बढेर १ अर्ब ४१ करोड ११ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, जीवन बीमा कोषको आकार पनि १७.८९% ले बढेर १ अर्ब २२ करोड ४८ लाख २० हजार रुपैयाँ पुगेको छ । कम्पनीको लगानी, कर्जा तथा अन्य आम्दानी घटेको छ । यस्तै, नोक्सानी व्यवस्थाका लागि १० करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएपछि खुद नाफा प्रभावित भएको देखिन्छ ।
असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ३० रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ १ पैसा छ । हाल सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पी मर्जरको प्रकृयामा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*