आइएमई जनरलको मुनाफा २३ प्रतिशतले घट्यो, महाविपत्ति कोष शून्य

३१ श्रावण २०७९, मंगलवार १०:४९

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।यस त्रैमासको अवधिसम्मा कम्पनीको मुनाफा २३ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, महाविपत्ति कोषमा भने कम्पनीले रकम राखेको छैन । बीमा समितिको प्रावधान अनुसार बीमा कम्पनीहरुले महाविपत्ति कोषमा अनिवार्य रकम राख्नुपर्ने व्यवस्था छ । तर कम्पनीले भने अटेर गरको छ ।

कम्पनीको मुनाफा यस त्रैमाससम्म्मा २३ प्रतिशतको घटेर १७ करोड १२ लाख रुपैयामा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले असार मसान्तसम्ममा ६४ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३८ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले २८ करोड ६१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ०६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ०४ पैसा रहेको छ । कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब ७० करोड रुपैयाँ, जगेडा कोषमा २७ करोड ८४ र बीमा कोषमा ५५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*