आइएमई लाइफद्धारा बीमा साक्षरता बढाउने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम सम्पन्न

३० श्रावण २०७९, सोमबार १७:३८

काठमाडौं । आइएमई लाइफले नवलपरासीमा बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

आइएमई लाइफको परासी शाखाले आयोजना गरेको सरावल ६ नवलपरासी सुस्ता पश्चिमस्थित जनता माध्यमिक विधालयमा बीमा सेचतना कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ। जनता माध्यमिक विधालयका प्रधानाध्यापक श्रीकृष्ण कुशवाहको अध्यक्षता बीमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

परासी शाखाका शाखा प्रमुख राजकुमार पाण्डेले कार्यक्रम संचालन गरेको थिए भने कार्यक्रम प्रशिक्षण कम्पनीका एरिया ब्रान्च म्यानेनजर केशव राज गौतमले दिएका थिए । कक्षा ९ देखि १२ सम्मका ३५० भन्दा बढी विद्यार्थी शिक्षक अभिभावको उपस्थितमा तीन सिफ्टमा कार्यक्रम संचालन गरिएको थियो ।

कम्पनीले संचालन गरिएको उक्त कार्यक्रममा कार्यक्रमको बारेमा प्रकाश पार्दै यस्ता कार्यक्रमले बीमा क्षेत्रका भ्रमको निवारण गर्नुका साथै चेतना अभिबृद्धि गर्नमा सघाउ पुर्याउँदै बीमामा सर्वसाधारणको सहज पहुँच पुर्याउन मद्दत पुग्ने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरुले बीमाका बारेमा सचेतनाका यस्ता कार्यक्रमले लाभान्वित भएको बताएका छन् ।

नियमनकारी निकाय बीमा समितिको निर्देशनअनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा उपस्थित सबैको उत्साहजनक उपस्थिति रहेको पनि जनाइएको छ।स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो ।कम्पनीले स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । कम्पनीको बार्षिकोत्सव यही भदौं २ गते भव्य रुपमा मनाउँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*