स्वास्थ्य बीमा विरुद्ध बीमक संघ उत्रियो, अध्यक्ष क्षेत्रीले दिए नाम फेर्ने सुझाव
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले ल्याएको स्वास्थ्य बीमा बोर्डको कारण बीमा क्षेत्रमा समस्या देखिएको भन्दै गुनासो व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बीमक संघका अध्यक्ष क्षेत्रीले नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमामा देखिएको दाबी भुक्तानीको समस्याले गर्दा बीमा कम्पनीहरुमा समेत नकारात्मक असर देखिएको हुँदा स्वास्थ्य बीमाको नाम परिर्वतन गर्न समेत सुझाव दिएका छन् ।
उनले बीमाको नाम आँउदा सम्पूर्ण बीमा क्षेत्र नै बदनाम हुनेतर्फ संकेत गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमको नाम समेत परिबर्तन गर्नुपर्ने बताए ।लामो समदेखि कोरोना बीमा दाबी भुक्तानी रकम निकास नहुँदा बीमितलाई दाबी भुक्तानी दिन नपाएको भन्दै यसतर्फ सरकारको ध्यान जानु जरुरी रहेको कार्यक्रममा बताए ।