विन्ध्यबासिनी हाइड्रोपावरको नाफा ६० प्रतिशतले बढ्यो, इपीएस कति ?

३० श्रावण २०७९, सोमबार १४:४०

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १३ करोड ६ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ६०.६५ प्रतिशतले बढ्न पुगेको हो । अघिल्लो आवको यसै अवधिसम्ममा कम्पनीले ८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी ४० करोड २ लाख ५४ हजार रुपैयाँ पुगेको छ यस्तो आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ८०.४५ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २२ करोड १७ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.६२ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ६२ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*