नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ? (तथ्यांक सहित)

३० श्रावण २०७९, सोमबार १३:०१

काठमाडौं । एलआईसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्स नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ भने एलआईसी नेपाल दुई नम्बरमा पर्छ ।

जीवन बीमा कम्पनीमा पहिलो स्थान नेपाल लाइफको छ । नेपाल लाइफपछि प्रतिस्पधार्मा एलआईसी नेपालबीच हुने गर्छ ।दुवै कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण अनुसार प्रोभिजनको कारण नेपाल लाइफ र एलआईसी नेपालको खुद मुनाफा घटेको छ।

बीमा समितिले तोके अनुसार नेपाल लाइफको चुक्ता पुँजि पुगिसकेको छ भने एलआईसी नेपालको बाँकि रहेको छ । बीीमा समितिले चैत मसान्तसम्ममा पुँजि वृद्धि अनिवार्य गर्न निर्देशन दिईसकेको छ।

चुक्ता पुँजिको आधारमा

चुक्ता पुँजिको आधारमा नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, एलआईसी नेपालको चुक्ता पुँजि २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।बीमा समितिको पुँजि वृद्धिको निर्देशन अनुसार नेपाल लाइफलाई पुँजि वृद्धि गर्न आवश्यक छैन भने एलआईसी नेपालले पुँजि थप गनुपर्ने देखिन्छ ।

जीवन बीमा कोषको आधारमा

जीवन बीमा कोषको आधारमा दुई कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा नेपाल अगाडि रहेको छ।गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा १ खर्ब ३६ करोड रुपैयाँ रकम संचित रहेको छ ।
एलआईसी नेपालको जीवन बीमा कोषमा ९३ अर्ब रुपैयाँ रहेको छ।

जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा दुई कम्पनीबीच तुलनात्मक अध्ध्यन गर्दा तथ्याङ्कले एलआईसी नेपाल अगाडि रहेको देखाएको छ।गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा कमपनीको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ रकम संचित रहेको छ।

त्यस्तै, नेपाल लाइफको जगेडा कोषमा २८ करोड ३२ लाख रुपैयाँ रहेको छ। जगेडा कोषको आधारमा दुई कम्पनीमा धेरै नै भिन्नता देखिएको छ।

महाविपत्ति कोषको आधारमा

महाविपत्ति कोषको आधारमा नेपाल लाइफ नै अगाडि रहेको छ। कम्पनीको महाविपत्ति कोषमा ७२ करोड २ लाख रुपैयाँ रकम संचित रहेको छ।

त्यस्तै, एलआईसी नेपालको महाविपत्ति कोषमा ३६ करोड रुपैयाँ रकम संचित रहेको छ।

खुद बीमाशुल्कको आधारमा

खुद बीमाशुल्कको आधारमा नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीले बीमाशुल्कको आधारमा स्थापना कालदेखि नै अगाडि रहेको छ । कम्पनीले अग्रस्थानमा नै प्रिमियम कलेक्सन गर्दै आईरहेको छ । कम्पनीले प्रकाशन गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा कमपनीले ३४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, एलआईसी नेपाल पनि प्रिमियम कलेक्सनमा टप टेन भित्र नै पर्ने गरेको छ । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्म्मा कम्पनीले १८ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

खुद दाबी भुक्तानीको आधारमा

खुद दाबी भुक्तानीको आधारमा नेपाल लाइफ र एलआईसी नेपालबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफ कै बढी रहेको छ ।कम्पनीको विजनेस बढेसँगै खुद दाबी भुक्तानी स्वत्त बढ्छ ।कम्पनीको विजनेस आएसँगै जोखिमको भार पनि वहन गनुपर्ने भएको कारण नेपाल लाइफको दाबी भुक्तानी बढी देखिएको हो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनीको खुद दावी भुक्तानी ६१.३५ प्रतिशतले बृद्धि भई आठ अर्व ७८ करोडबाट १४ अर्ब १६ करोड ७० लाख ३८ हजार ७४३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी २३.२० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा सात अर्ब ३५ करोड ६९ लाख दावी भुक्तानी गरेकोमा गत आवमा नौ अर्ब छ करोड ३६ लाख दुई हजार ३६४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

अभिकर्ता कमीशन

अभिकर्ता कमीशनको आधारमा नेपाल लाइफ नै अगाडि रहेको छ।नेपाल लाइफले आफ्ना अभिकर्तालाई दिने कमिशनमा १ प्रतिशतले घटेको छ । गत आवमा तीन अर्ब ५५ करोड ६३ लाख रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई वितरण गरेको नेपाल लाइफले गत आवमा तीन अर्ब ५२ करोड ९९ लाख १३ हजार २५६ रुपैयाँ वितरण गरेको छ ।त्यस्तै, एलआईसी नेपालले १ अर्ब ६८ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ।

फ्युचर बोनसका लागि प्रोभिजनिङ गरेकोले नेपाल र एलआईसीको खुद मुनाफा घट्यो

नेपाल लाइफ यस वर्ष ३५ करोड २७ लाख ३८ हजार १६१ रुपैयाँ घाटामा गएको छ ।बीमा समितिले लागू गरेको फ्युचर बोनसका लागि ठूलो रकम प्रोभिजन गर्नु परेका कारण कम्पनीको वित्तिय विवरण घाटामा गएको देखिएको हो । साथै कम्पनीले ७७ करोड प्रोभिजन गर्नु परेको कारण यति घाटा देखिएको हो।

त्यस्तै, एलआईसी नेपालको खुद नोक्सान आठ करोड ७४ लाख ७९ हजार ९२३ रुपैयाँ छ । बीमा समितिले तोकेको फ्युचर बोनसका लागि प्रोभिजन गर्नु परेका कारण कम्पनीको मुख नाफा घटेको हो । आम्दानी घटेको वा खर्च बढेको कारण घाटा भएको नभई फ्युचर बोनसका लागि प्रोभिजनिङ गरेकोले कम्पनीको वित्तिय विवरणमा घाटा देखिएको हो।

कायम पोलिसीको सङख्याको आधारमा

कायम पोलिसि सङख्याको आधारमा नेपाल लाइफ नै अगाडि रहेको छ । कम्पनीले यस त्रैमाससम्मा १४ लाख २१ हजार बीमालेख जारी गरेको छ।
त्यस्तै, एलआईसी नेपालले यस त्रैमाससम्म्मा ७ लाख ९ हजार बीमा पोलिसी जारी गरेको छ ।

प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थको आधारमा

नेपाल लाइफको प्रतिशेयर आम्दानी ४।३० रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२।२९ रुपैयाँ रहेको छ।एलआईसी नेपालको प्रतिशेयर आम्दानी ३.३० रुपैयाँले ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १३६.७९ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*