सन नेपाल लाइफको अधिंकाश सूचकमा आकर्षक सुधार

३० श्रावण २०७९, सोमबार ०९:३४

काठमाडौं । सन नेपाल लाइफले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सुधार देखिएको छ। यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ३३ दशमलव ७८ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा कम्पनीको १ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीले बीमा कम्पनीको मेरुदण्ड मानिने अभिकर्ताको अभिकर्ताको कमिशन १५ प्रतिशतले बढाएको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ३७ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चेको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३२ करोड रुपैयाँ खर्चेको थियो ।

कम्पनीको मुनाफा भने शतप्रतिशतले बढेको छ। कम्पनीको मुनाफा २१ करोड ४६ लाख रुपैयाँमा पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १० करोड ६० लाख रुपैयाँ रहेको छ।

कम्पनीको जीवन बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषको रकम २९ प्रतिशतले घटेर ४ अर्ब १२ करोडमा सिमित भएको छ। कम्पनीको जगेडा कोष ८४ प्रतिशतले घट्दा जम्मा कोषमा यसको असर देखिएको हो ।
कम्पनीले कायम बीमा पोलिसीको सङख्या बढेको छ। अघिल्लो आर्थिक बर्षमा १ लाख ५६ हजार बीमा पोलिसी ब्रिक्रि गरेको कम्पनीले गत आर्थिक बर्षमा ६ लाख १४ हजार बीमापोलिसी कायम गर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*