प्राइम लाइफले बनायो १८ अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी १८ प्रतिशतले बृद्धि

३० श्रावण २०७९, सोमबार ०७:४४

काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषलाई २६.२९ प्रतिशतले बृद्धि गरी १८ अर्ब ५५ करोड ९२ लाख ७४ हजार रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधीमा समग्र कोषको आकार २४ प्रतिशतले बृद्धि गरी १९ अर्ब २७ करोड पुर्याउन सफल भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी १६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा जम्मा तीन अर्ब ९८ करोड खुद बीमा शुल्क आम्दानी गरेकोमा गत आवमा चार अर्ब ६१ करोड ३१ लाख ३८ हजार रुपैयाँ खुद शीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

समीक्षा अवधीमा प्राइम लाइफको खुद बीमा दावी भुक्तानी १९.१६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा एक अर्ब १३ करोड रुपैयाँ दावी भुक्तानी गरेकोमा गत आवमा एक अर्ब ३४ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ ।

त्यस्तै कम्पनीले कर्जा, बीमालेख धितोमा कर्जा तथा अन्य लगानीबाट प्राप्त आम्दानी १६ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा जम्मा एक अर्ब ६० करोड रुपैयाँ यस्तो आम्दानी गरेकोमा गत आवमा कम्पनीले एक अर्ब ८७ करोड ३२ लाख ६३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै व्यवस्थापन खर्च सामान्य अंकले बढेर ६० करोडबाट ६१ करोड पुगेको छ ।

कम्पनीको आम्दानीमा भएको बृद्धिका कारण तथा व्यवस्थापन खर्च बृद्धि नभएका कारण फ्युचर बोनसका लागि प्रोभजिन गर्दा पनि २२ करोड मुनाफा देखिएको छ । यद्यपि गत आवको तुलनामा मुनाफामा २८.६१ प्रतिशतले कमी आएको छ । अन्य ठूला कम्पनीहरुले फ्युचर बोनसका लागि प्रोभिजन गर्नु परेका कारण मुनाफा वितरण गर्नै नसक्ने गरी घाटा भएपनि प्राइम लाइफले २२ करोड रुपैयाँ
कम्पनीले अभिकर्तालाई दिने कमिशनमा सामान्य अंकले घटेर ४३ करोडबाट घटेर ४१ करोडमा झरेको छ ।

कम्पनीमा हाल कायम पोलिसी संख्या दुई लाख १० हजार ७६७ वटा रहेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ७.९२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५.६४ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्तिको मूल्य ८३०.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.७६ रहेको छ ।

गुराँस, युनियन लाइफसँग मर्जरमा जाने सम्झौता गरेको प्राइम लाइफले गत आवमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*