खर्ब नजिकै पुग्यो एलआईसी नेपालको जीवन बीमाकोष, फ्युचर बोनसका लागि प्रोभिजन गर्दा घट्यो नाफा

३० श्रावण २०७९, सोमबार ०७:०२

काठमाडौं । एलआईसी नेपालले गत आवको बार्षिक वित्तिय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा घटे पनि जीवन बीमा कोषलाई झण्डै एक खर्ब नजिक पुर्याएर आफूलाई नेपालकै अब्बल जीवन बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ ।

जीवन बीमा कम्पनीहरुका लागि मुनाफा भन्दा पनि जीवन बीमा कोषको ठूलो महत्व हुन्छ । बीमा समिति लागू गरेको फयुचर बोनसका कारण कम्पनीको मुनाफा ऋणात्मक भए पनि कम्पनी प्रोभजिजन गरिएका कारण कम्पनी थप बलियो बन्न पुगेको छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १५.४९ प्रतिशतले बृद्धि भई ९३ अर्ब ६३ करोड छ लाख ५३ हजार ४४७ रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीसँग कोषमा जम्मा ८१ अर्ब रुपैयाँ संचिती थियो । कम्पनीको जगेडा कोष र महाविपत्ति कोष सहित कूल कोषको आकार ९४ अर्ब ६० करोड ६७ लाख नाघेको छ । कम्पनीले चालु आवको पहिलो दोस्रो त्रैमासभित्रैमा जीवन बीमा कोषमा एक खर्ब कटाउने छ । नेपालमा हालसम्म नेपाल लाइफ मात्रै जीवन बीमा कोषमा खर्बभन्दा माथि संचिती गर्ने कम्पनी हो । एलआईसी नेपाल दोस्रो कम्पनी हुनेछ ।

कम्पनीले गत आवको असार मसान्तसम्ममा खुद बीमा शुल्क ६ प्रतिशतले बृद्धि गरी १८ अर्ब १३ करोड ९८ लाख ६५ हजार ५०९ रुपैयाँ पुर्याउन सफल भएको छ । गत आवमा १७ अर्ब चार करोड रुपैयाँ थियो । कम्पनीको व्यवसायमा सामान्य विस्तार भएको देखिएको छ ।

त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी २३.२० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा सात अर्ब ३५ करोड ६९ लाख दावी भुक्तानी गरेकोमा गत आवमा नौ अर्ब छ करोड ३६ लाख दुई हजार ३६४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

समीक्षा अवधीमा कम्पनीको आम्दानीमा ९ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा आठ अर्ब १७ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी, बीमालेख धितोकर्जामा लगानी तथा अन्य लगानीबाट आम्दानी गरेको कम्पनीले गत आवको अन्त्यसम्ममा आठ अर्ब ९० करोड १९ लाख ८८ हजार ४४३ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, व्यवस्थापन खर्च सात प्रतिशतले बृद्धि भई ९० करोड १७ लाखबाट ९६ करोड ६७ लाख नाघेको छ । त्यस्तै बीमा अभिकर्तालाई दिइने कमिशनमा सामान्य बृद्धि भई एक अर्ब ६८ करोडबाट बढेर एक अर्ब ६९ करोड २६ लाख ६२ हजार २९ रुपैयाँ वितरण गरेको छ ।

कम्पनीको खुद नोक्सान आठ करोड ७४ लाख ७९ हजार ९२३ रुपैयाँ छ । बीमा समितिले तोकेको फ्युचर बोनसका लागि प्रोभिजन गर्नु परेका कारण कम्पनीको मुख नाफा घटेको हो । आम्दानी घटेको वा खर्च बढेको कारण घाटा भएको नभई फ्युचर बोनसका लागि प्रोभिजनिङ गरेकोले कम्पनीको वित्तिय विवरणमा घाटा देखिएको हो ।कम्पनीमा हालसम्म कायम बीमापोलिसी संख्या सात लाख ९ हजार ७८० वटा रहेको छ ।

वित्तीय विवरणमा एलआईसी नेपालको प्रतिशेयर आम्दानी ३.३ रुपैयाँले ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १३६.७९ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३९५१.१७ रुपैयाँ रहेको छ भने मूल्यआम्दानी अनुपात ४२९.१६ रहेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी रकम ३३ करोड ५४ लाख तीन हजार रुपैयाँ रहेको छ भने यस अवधीमा नौ अर्ब १२ करोड कूल दावी भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*