एभरेष्ट इन्स्योरेन्स र एनएमबी क्यापिटलको चरम लापरवाही, एभरेष्टको शेयर कारोबार रोकियो

२५ श्रावण २०७९, बुधबार १९:१०

काठमाडौं । रोक्का रहेको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स आजबाट कारोबार हुनुपर्नेमा  एभरेष्ट इन्स्योरेन्स कम्पनी र शेयर रजिष्ट्रार एनएमबी क्यापिटलको चरम लापरवाहीका कारण रोकिएको छ ।

साउन १ गतेदेखियी दुबै कम्पनीकोे हिमालयन एभरेष्ट इन्स्योरेन्स नाममा एकीकृत कारोबार सुरु भईसकेको छ । दुई कम्पनीको एकीकृत कारोबार भएपनि एकीकृत शेयर कारोबार नखुल्दा लगानीकर्ताहरुले शेयर खरिद तथा बिक्री गर्न पाएका छैनन् । लामो समयदेखि शेयर बन्धक बनेका कारण लगानीकर्ताहरुले चर्को गुनासो गरेका छन् ।

मर्जर अघिको एभरेष्ट इन्स्योरेन्स शेयर रजिष्ट्रार एनएमबी क्यापिटल र कम्पनीको स्वयम्को गल्ती भएको नेप्से र सिडिएससीको दावी छ । कम्पनीको बिक्री प्रबन्धकले समयमा पत्र नबुझाएको कारण यस्तो समस्या देखिएको भन्दै सिडिएसिले स्पष्टिकरण माग्ने भएको छ । एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबारको लागि प्रक्रिया पूरा गर्नुपर्ने पत्र नै कर्मचारीले घर लिएर गरेको र बुझाउनु पर्ने ठाउँमा नबुझाएको कारण यस्तो समस्या आएको हो ।

हिमालयन एभरेष्टको नाममा आजबाट शेयर कारोबार खोल्ने तय भएको थियो । तर आज बिहान मर्जरमा गएकोमध्ये एक कम्पनी अर्थात् हिमालयन इन्स्योरेन्सको मात्र कारोबार खुलेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ता भन्दै आज दोस्रो बजारमा कारोबार सुचारु नभएको भन्दै नेपाल धितोपत्र बोर्डमा समेत पुगेर गुनासो गरेका छन् । नेप्सेमा एभरेष्टको चिठ्ठी आएपनि समयमा किन नपठाएको भन्दै सिडिएसले गुनासो गरेका छन् ।

दुईवटा कम्पनीको १ः०.८५ स्वाप रेसियोमा मर्जरपछि तय भएको कुल सेयर कित्ता (दुई करोड २३ लाख) को धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार र सीडीएससीबाट प्राप्त भएको विवरणका आधारमा नै नेप्सेले सेयर फुकुवाको आवश्यक प्रक्रिया अघि बढाएको थियो । एउटा कम्पनीको कारोबार फुकुवा हुँदैगर्दा अर्कोको नहुँदा नेप्सेबाट भन्दा पनि सीडीएससीमा समस्या देखिएको छ । तर, सिडिएससीले भने नेप्सेको पत्र आफ्नो कार्यालयमा नबुझाई गएकोले समस्या भएको गुनासो गरेका छन् ।

सीडीएससीका अनुसार कुनै पनि कम्पनीको आज कारोबार खुल्ने हो भने हिजो नै नेप्सेबाट पत्र आउनुपर्छ । तर कारोबार फुकुवाबारे नेप्सेबाट सीडीएससीमा आजमात्र पत्र आएको छ । नेप्सेबाट प्राप्त पत्र हिजै बुझाउनुपर्नेमा कर्मचारीले घरमा लगेर राखेर आज मात्रै बुझाएको सिडिएससीको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*