नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत
२४ श्रावण २०७९, मंगलवार १७:१९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः०.८५ रेसियोमा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।