सूर्खेत जिल्ला भेरीगंगा नगरपालीकामा बाली तथा पशूपन्छी बीमा अभिमूखिकरण कार्यक्रम सम्पन्न

२४ श्रावण २०७९, मंगलवार १५:०१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सूर्खेत जिल्ला भेरीगंगा नगरपालीकामा बाली तथा पशूपन्छी बीमा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज दुगांनाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमूलक प्रस्तूती गरेका थिए ।

कर्णाली प्रदेशको जूम्ला, मूगू, कालिकोटमा भई रहेको शिखर इन्स्योरेन्सको मौसम सूचकाड्ढको आधारित स्याउ खेती बीमा र हालसालै शूरु गरिएको कर्णाली खोलाको बारीमा आधारित मौसम सूचकाड्ढ बीमाको समेत छलफल भएको थियो ।

स्थानिय सहकारीको प्रतिनिधि छविकला घतिर्का अनूसार हाल सम्म बीमा कम्पनी फेरेको फेरै गर्नूपरेको र बीमा गर्ने अभिकर्ता समयमै नआएर बीमा नविकरण र पछि थप भएको पशूको बीमा गर्दा कठिनाई आउने भएकोले बीमा कम्पनीले यस्ता समस्या समाधान गर्ने आग्रह गरे ।नेपाल सरकारको प्राथमिकतामा रहेको कृषि, पशूपन्छी जडीबूटी बीमामा संघीय सरकारबाट बीमा वापतको बीमाशूल्कमा ८० प्रतिशत अनूदानको व्यवस्था समेत रहेको हूदा यस बीमामा कृषकले २० प्रतिशत बीमाशूल्क बूझाई बीमा सेवा खरिद गर्ने सकिने   छ।

स्थानिय सहकारीको प्रतिनिधि छविलाल घर्तिका अनुसार हालसम्म बीमा कम्पनी फेरेको फेरै गर्नुपरेको र बीमा गर्ने अभिकर्ता समयमै नआएर बीमा नबिकरण र पछि थप भएको पशुको बीमा गलर्ला कठिनाई आउने भएकोले बीमा कम्पनीले यस्ता समस्या समाधान गर्न आग्रह गरेका थिए ।

नेपाल सरकारको प्राथमिकतामा रहेको कृषि, पशुपन्छी र जडीबुटी बीमामा संघिय सरकारबाट बीमा वापतको बीमा शुल्क बुझाई बीमा सेवा खरिद गर्न नसकिने र बीमा गर्दा बीमित कृषकको व्यक्तिगत दुर्घटना बीमा बापतको एक सय तथा टिकट दस्तुर २० गरी १२० रुपैयाँ अतिरिक्त तिर्नु पर्नेछ । बीमित कृषकको दुर्घटनाबाट मृत्यु भएमा २ लाख नजिकको हकदारलाई प्रदान गरिनेछ ।

स्थानिय निकायको छलफलमा समेत अत्याधिक माग भएको कृषि बीमा कार्यक्रमलाई कृषकहरुको घरदैलो कार्यक्रम गर्दै बीमाको दायरा फराकिलो बनाउँदै बीमितलाई सेवा दिन प्रतिवद्ध रहेको शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद जोशीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*