हिमालनय एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरु भटाभट जागिर छोड्दै, सहायक महाप्रबन्धक भण्डारीद्धारा राजिनामा
काठमाडौं । आपसमा मर्जरमा गएका एभरेष्ट इन्स्योरेन्स कम्पनीमा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले व्यक्तित्व विकास रोकिने र बढुवा तथा थप सुविधाहरु नपाउने भएपछि उच्च तहकै कर्मचारीहरुले जागिर छोड्न थालेका छन् ।
यही क्रममा कम्पनीका उच्च अधिकारी सहायक महाप्रबन्धक मनोज सिंह भण्डारीले पदबाट राजिनामा दिएका छन् । उनको राजिनामा स्वीकृति भइसकेको जनाइएको छ । उपल्लो तहका कुशल व्यवस्थापक मानिएका मनोज भण्डारीले राजिनामा दिएसँगै कर्मचारीहरुमा निराशा छाएको छ । स्रोतका अनुसार भण्डारीले अर्कै पेशामा लाग्ने भन्दै कम्पनीबाट बाहिरिएका छन् ।
कम्पनीले यही साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको भएपनि हालसम्म पनि कर्मचारीहरुको मर्जर गर्न समिति नै समेत गठन गरेको छैन । त्यसैले एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले छुट्टाछुट्टै काम गर्दै आएका छन् ।
दुई कम्पनी मध्ये बढि सुविधा भएको एभरेष्ट इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुको तलव सुविधामा बृद्धि नहुने तथा केही वर्ष बढुवा नहुने भएपछि तल्ला तहमा र बजार क्षेत्रमा कार्यरत कर्मचारीहरु समेत दोस्र्रो कम्पनीमा जागिरको खोजिमा हिडिरहेका छन् । पारिवारिक कम्पनी बनाएर चलाएको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बजारमा राम्रो छवी नभएकोले व्यवसाय गर्न कठिन हुने भन्दै एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरु समेत अत्तालिन थालेका छन् । बीमाको बजारमा दरिलाो पकड जमाएकै कर्मचारीहरु नै छोडेर हिड्न थालेपछि मर्जरपछि के के गर्छौ भन्दै तामझाम गर्ने कम्पनीको भविष्य अन्योलतातर्फ धकेलिने त होइन ? सिईओ बिजय बहादुर शाहमाथि प्रश्न चिन्ह उठेको छ ।