१५ प्रतिशत लाभांश दिने एशियन लाइफको घोषणा, लगानीकर्ताले साढे १४ प्रतिशत बोनस शेयर पाउने

२२ श्रावण २०७९, आईतवार ११:३५

काठमाडौं । एशियन लाइफ इन्स्योरन्स कम्पनीले आव २०७७।०७८ मा आर्जित मुनाफाबाट १५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यही साउन २० गते बसेको सञ्चालक समितिको निर्णय ढिलोगरी बीमापोष्ट प्राप्त भए अनुसार कम्पनीले १४.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको निर्णय बीमा समितिबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भए पश्चात १४.५ प्रतिशत बोनस शेयर पाउनेछन् । कम्पनीको चुक्ता पुँजि दुई अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*