अर्थमन्त्री शर्माको प्रेस बिज्ञमा जनादेशका पूर्व सम्पादक धिताल नियुक्त

२० श्रावण २०७९, शुक्रबार १२:१२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रेस बिज्ञको रुपमा जनयुद्धकालमा जनताका बीचमा चर्चित जनादेश साप्ताहिकका पूर्व सम्पादक मनऋषि धिताललाई नियुक्त गरेका छन् ।

२०५२ सालदेखि २०६२ सालसम्म चलेको १० वर्षे जनयुद्धमा तत्कालिन नेकपा माओवादीको मुख पत्र जनादेश भूमिगत शैलीमा लाखौं प्रति देशका कुना काप्चामा पुग्ने गर्दथ्यो ।

अर्थमन्त्री सचिवालय स्रोतका अनुसार पत्रकार मनऋषि धिताल अर्थमन्त्री जनार्दन शर्माको प्रेस बिज्ञको रुपमा नियुक्त भएका छन् ।

माओवादीको मुखपत्र जनादेश हाल बन्द छ । करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय धितालले अर्थमन्त्रालयलाई सञ्चार माध्यममैत्री र सञ्चार जगतसँग अझै नजिक ल्याउने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*