प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त

१९ श्रावण २०७९, बिहीबार १४:००

काठमाडौं ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ ।

यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त थियो । कम्पनीको सञ्चालक समितिले दाहाललाई नियुक्त गरी स्वीकृतिका लागि समिति पठाएको थियो । दाहालले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*