मर्जर जादै गरेका बीमा कम्पनीहरुको स्वार्थ बाझिने गरी डिडिए सम्पन्न, नियमन कमजोर बनाउने प्रयास

१९ श्रावण २०७९, बिहीबार ०९:४४

काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए १५ दिनभित्रैमा सम्पन्न गरियो । कर्मकाण्डी रुपमा गरिएका दुवै कम्पनीको डिडिए एउटै कम्पनीबाट गराइएको थियो ।

वित्तिय क्षेत्रमा मर्जरमा जाने दुई कम्पनीको डिडिए एउटै कम्पनीबाट हुनुलाई कन्फिक्ट अफ इन्ट्रेस्ट मानिन्छ । त्यसैले दुई कम्पनीको फरक फरक कम्पनीबाट डिडिए गराउनुपर्ने मान्यता छ ।

नियामक निकाय बीमा समितिले चासो नदिँदा बिग मर्जर भनेर चिनिएका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफमा पनि त्यसैगरी स्वार्थ बाझिने गरी डिडिए गरिएको पाइएको छ । तीन वटै कम्पनीमा डिडिए सकिएको भएपनि एउटा कम्पनीका लेखाका कर्मचारीहरुले एउटै कम्पनीले यसरी डिडिए गर्नु कुन नैतिकताको आधारमा गरियो भन्दै प्रश्न उठाएका छन् । मर्जर प्रक्रियामा रहेको एक बीमा कम्पनीका अधिकारीले बीमा समितिको नियमनमाथि समेत प्रश्न चिन्ह उठाएका छन् । ति अधिकारीले भने, ‘पहिले साहुजीहरु बसेर स्वाप रेसियोबारे सहमति गर्ने अनि डिडिए गरेर सहमति अनुसारको वित्तिय विवरण तयार पार्ने काम लेखामान विपरित र अनैतिक छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*