एनआइसी एशिया बैंकले खुलायो ठूलो संख्यामा रोजगारको अवसर
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । बैंकले ग्राहक इन्गेजमेन्टका, ओम्नी च्यानेलका लागि एक–एकजना म्यानेजर, वेब च्यानल एण्ड इमेल मार्केटिङ्ग, सोसल मिडिया मार्केेटिङ्ग, टेलिमार्केटिङ्ग र कस्टमर हेल्पडेक्समा एक–एक जना कर्मचारी माग गरेको छ ।
त्यस्तै, बैंकले ब्लगर, भ्लगर, पीओएस सेल्स, ब्याकेण्ड डेभलपर, फ्रन्ट इन्ड डेभलपर , क्वालिटी अस्योरेन्स, सिस्टम एडमिनिस्ट्रेटर, डाटाबेस एडमिनिस्ट्रेटर, माइक्रोसफ्ट डायनामिक्स ३६५ एएभि डेभलोपर र न्यूगेन आइबिपीएस डेभलोपरमा केही संख्यामा कर्मचारी माग गरेको छ ।
इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित कम्पनीले उपलब्ध गराएको क्युआर कोड स्क्यान गरी अर्थात् कम्पनीको वेबसाइट https://www.nicasiabank.com/current-vacancies मार्फत दरखास्त दिन सक्नेछन् ।