प्रभु इन्स्योरेन्स कम्पनी २७ औं वर्षमा प्रवेश
१७ श्रावण २०७९, मंगलवार १४:२३
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले ग्राहक, बीमा समिति, सरोकारवाला पक्षहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठानहरु तथा शुभ चिन्तकहरुमा आभार प्रकट गरेको छ ।
कम्पनीले आगामी दिनमा सबै साथ सपोर्ट र हौसलाको अपेक्षा गरेको छ । कम्पनीले अझ सरल, छिटो र छरितो, आधुनिक सेवा प्रदान गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।