नेपाल लाइफको बजार पुँजिकरण दुई खर्ब २० अर्बबाट ६६ अर्बमा झर्यो, लगानीकर्ताले कति गुमाए ?

१७ श्रावण २०७९, मंगलवार ०९:५३

काठमाडौं । दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर आधा दशकयताकै सस्तो भएपनि लगानीकर्ताहरू अझै खरिद गर्ने मुडमा छैनन् । लगानीकर्ताको आकर्षण हुन नसक्दा सेयर मूल्य लगातार घटिरहेको छ ।

पछिल्लो समय हिजो बजार बन्द हुनुअघि ८१४ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३००० रुपैयाँसम्म पुगेको थियो । अहिले घट्दा लगानीकर्ताले प्रतिकित्ता २१८० रुपैयाँ गुमाएका छन् ।

गतवर्षको कम्पनीले १४ प्रतिशत मात्रै लाभांश दिएकोसँगै सेयर मूल्य ओरालो लागेको थियो । जब कि कम्पनीले अझै एक आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी छ ।

बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफलाई चुक्ता पुँजी बृद्धि गर्ने दबाबमा छैन । तर सेयर मूल्य भने निरन्तर घटिरहेको छ ।

समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३००० सम्म पुगेको थियो । तर अहिले शेयर बजार २१९६ अंकमा हुँदा नेपाल लाइफको शेयर भने उच्च अंकले गिरावट आएको हो । नेपाल लाइफको सेयर मूल्य पाँच वर्षयताकै सस्तो भएको छ ।

पछिल्लो एक वर्षदेखि लगातर घटिरहेको सेयर मूल्य ५२ हप्ता अगाडि उच्चमा २०८५ रुपैयाँ थियो । नेपाल लाइफको शेयर केही साता अगाडि सेयर मूल्य ६५४ रुपैयाँमा झरेको थियो ।

जीवन बीमा कम्पनीको पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पु¥याउने निर्णय बीमा समितिले गरेको छ । नेपाल लाइफको चुक्ता पुँजि अहिले नै आठ अर्बभन्दा भन्दा बढि भएकोले बीमा समितिको उक्त निर्णयले नेपाल लाइफलाई प्रभावित पार्दैन ।

लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको चुक्ता पुँजि सात अर्ब १९ करोड थियो । सो आधारमा गत वर्ष कम्पनीको कूल पुँजिकरण दुई खर्ब १५ अर्ब बजार पुँजीकरण पुगेको थियो । अहिले पुँजि बढेर आठ अर्ब २० करोड पुग्दा समेत पुँजिकरण भने घटेर ६६ अर्बमा आइपुगेको छ । वर्षदिनमा नेपाल लाइफको बजार पुँजिकरण एक खर्ब ५४ अर्ब रुपैयाँले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*