बीमा ठगीबारे छलफल गर्न सबै जीवन बीमा कम्पनीलाई समितिले बोलायो

१५ श्रावण २०७९, आईतवार १४:२९

काठमाडौं । बीमा समितिले बीमा दाबीको लागि हत्या प्रकारणको बारेमा रिलायन्स लाइफ सहित सम्पूर्ण बीमा कम्पनीको सिईअ‍ोहरुलाई बोलाएर छलफल गर्ने भएको छ ।आज दिँउसो ३ बजे जीवन बीमा कम्पनीहरुको सम्पूर्ण सिईओहरुलाई उक्त बिषयमा छलफल गर्ने बीमा समितिले जनाएको छ ।

बीमा समितिले सर्जन विकको हत्या काण्डको बिषयमा कम्पनीलाई सपष्टीकरण सोध्नुको साथै अन्य कम्पनीका सिईओहरुलाई यस्तो समस्या निराकरणको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने भएको छ। यस घटनासँग सम्बन्धित सम्पुर्ण विवरणहरु माग गरि आगामी दिनमा के गर्न सकिन्छ भन्ने बिषय छलफलको मुख्य विषयवस्तु हुने अध्यक्ष सिलवालले बीमपोष्टलाई बताए ।

घटनामा कम्पनीको तर्फबाट मिलोमतो भएमा बीमा ऐन अनुसार आवश्यक कार्वाही गर्ने बिषयमा समेत छलफल हुने जनाएको छ। त्यस्तै, कम्पनीकोे कर्मचारीहरुको मिलोमतो भएमा त्यस सम्बन्धी बिषयमा समेत सपष्टिकरण सोधिने समितिले जनाएको छ।पैसाको लोभमा युवकसँग विवाहको नाटक गरी साढे दुई करोड रुपियाँको बीमा गरेर एक युवकको हत्या गरिएको छ । उक्त हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेसँगै बीमा समितिले आवश्यक छानबिन गर्न तयारीमा आज जीवन बीमक संघका प्रमखु कार्यकारी अधिकृतहरुलाई बीमा समितिमा बोलाईएको हो ।

गत आर्थिक बर्षहरुमा बीमा दाबी घटनामा भएको हत्याकाण्ड बिषयमा पनि समितिले अध्ययन समिति बनाएर नै छानविन गरेको थियो । यस बर्ष भने कम्पनीहरुको सिईओहरुलाई बोलाएर नै छलफल गर्ने भएको हो । पछिल्लो समय अण्डरराइटिङमा कमजोरी भएको विषयहरु घटनाहरु हुन थालेका छन् शुक्रबार भएको विक हत्या प्रकरण बाहिरिसकेको छ। सो अपराधिक घटनापछि समितिले सीईओहरुलाई नै समितिमा बोलाएर छलफल गर्ने निर्णयमा पुगेको हो । आजको छलफल पछि अण्डरराइटिको बिषयलाई केही कडाई गर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*